Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
मकवानपुर – सरकारी अस्पतालको आकस्मिक कक्षको डाक्टर रात्री ड्युटीका छाडेर निजी अस्पतालमा काम गर्न जाँदा एक शिशुले उपचार नपाएर मृत्यु भएको छ। हेटौंडा अस्पतालमा रात्री कालीन डयुटीमा रहनुपर्ने आकस्मिक कक्षका डा धनन्जय सिंह अस्पतालमा राति नभेटिंदा उपचारका लागि ल्याएको पाँचवर्षे शिशुको मृत्यु भएको हो।
मकवानपुरको मनहरी–८ खरङ्गाबाट उपचारका लागि २ महिलाले ५ दिने शिशुलाई हेटौंडा अस्पतालमा ल्याएका थिए। दिनभर दूध नचुसेर भोकाएका शिशुलाई उपचारका लागि छिमेकी २ महिला सुमित्रा लामा र शान्ति राईले अस्पताल ल्याइपुर्‍याएका थिए। राति साढे १० बजेतिर अस्पताल ल्याइपुर्‍याए पनि डाक्टर अभावले उपचार हुन सकेन। आकस्मिक कक्षका ‘अनकल’ डाक्टरलाई उपचारका लागि सोही कक्षका अहेवले बोलाए पनि ‘भर्ना गरेर राख्नु, भोलि बिहान हेरौंला।’ भन्ने जवाफ दिएको डयुटीमा रहेका अहेवले जानकारी दिए। डा सिंह अस्पतालको आकस्मिक कक्ष छाडेर हेटौंडाकै मकवानपुर सहकारी अस्पतालमा उपचारमा गएका थिए।
रात्रिकालीन आकस्मिक छड्केमा पुगेका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको नेतृत्वको टोली पुग्दा अनुपस्थित फेला परेका डा सिंहले टेलिफोन उठाएनन्। पटकपटक फोन नउठाएपछि प्रजिअ अर्यालले अस्पतालका निमित्त प्रमुख हरिबहादुर खड्कालाई बोलाए र तत्कालै शाखा अधिकृत कपिल रेग्मीलाई स्पष्टीकरण पत्र बनाउन लगाएका थिए। बालरोग विशेषज्ञसमेत रहेका खड्काले त्यसपछि शिशुको उपचार सुरु गरे । बालकक्षमा राखेर करिब एक घण्टा उपचारपछि शिशुको होस खुल्यो। त्यतिबेलासम्म छड्केमा पुगेका प्रजिअ अर्याल, सहायक प्रजिअ हरि भण्डारी, शाखा अधिकृत रेग्मी, प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी बालकको अवस्था बुझन पर्खिरहेका थिए।
बालकको आमा ५ दिने सुत्केरी कालिमाया थोकरलाई लिन २० किलोमिटर पश्चिममा प्रहरीको भ्यान पठाइयो । उनलाई पनि सिकिस्त अवस्थामा साढे १ बजे अस्पतालमा ल्याएर उपचार सुरु गरियो । त्यसपछि प्रजिअ अर्यालको टोली फर्किए । बिहान शिशुको मृत्यु भयो । मेनेन्जाइटिस भएका शिशुको उपचारमा निर्कै प्रयास गरे पनि ढिला भएकाले बचाउन नसकिएको उपचारमा संलग्न प्रमुख डा खड्काले बताए । उनले सुरु गर्दा नै बचाउन मुस्किल भएको बताएका थिए ।
राति साढे १ बजेपछि मकवानपुर सहकारी अस्पतालमा प्रजिअ अर्यालले अनुगमन गरे। अस्पतालमा डा सिंहलाई भेट्दा उनले आफू सुत्नका लागि सो अस्पताल आएको बताएका थिए। प्रजिअले तत्काल पत्र थमाएर प्रशासनम हाजिर हुन निर्देशन दिएका थिए। प्रशासनले उनकै लापरबाहीले शिशुको उपचारमा ढिलाइ भएको निष्कर्ष निकाल्दै विभागीय कारबाही गर्न जिल्ला स्वास्थ्य कार्यालयमा निर्देशन गरेको छ। उनलाई बुधबार प्रशासनमा हाजिर गराइएको छ। डा सिंह विगत ६ महिनादेखि सहकारी अस्पतालमा पनि कार्यरत छन्।
सिडिओको प्रयासमा शिशुको उपचारमा रातभर प्रयास भएको थियो । उनले औषधि लगायतको सबै खर्च निशुल्क गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले भने, ‘अस्पतालमा काकस्मिक कक्षकै डाक्टर फोन नउठाएर अर्को अस्पतालमा काम गर्न जानु लापरबाहीका हद हो । उनलाई विभागीय कारबाही हुन्छ।’ प्रजिअ अर्याल बिहान पनि अस्पताल पुगेर बालको अवस्था बुझेर फर्किएका थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया