Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

आजभन्दा १० बर्ष अगाडिदेखि सुरुवात भएको हाम्रो मुटु, मन र मस्तिष्कलाई छुन सकेको एनआरएन सँस्थामा म आफुलाई एक सदस्यकोरुपमा पाउँदा धेरै खुशी लागेको थियो । शायद त्यो खुशी मजस्तै प्रत्येक एनआरएनहरुलाई पनि लागेको थियोहोला । तर १० बर्ष बितिसक्दा पनि नियत र नियतीमा बामे र्सन नसकेकोमा मलाई ब्यक्तिगतरुपमा धिक्कार लागेको छ ।

हालै सम्पन्न जापानको टोकियो क्षेत्रीय भेलामा भएको घटनाले गर्दा एनआरएन जापानमा भएको बिसंगति संसारभरका एनआरएनहरुमा चर्चाको बिषय बनिरहँदा पनि न त जापानका एनआरएन अध्यक्षले एनआरएन जापानका आईसीसी सदस्यहरुसंग सरसल्लाह र सुझाव नै माग्नुभएको छ न त आईसीसीका अध्यक्षले नै । मेरो बुझाईमा एनआरएन आईसीसी सदस्य भनेको एनसीसी र आईसीसीको बिचमा रही समन्वय, सरसल्लाह र यी दूवै बिचको दूरी कम गर्ने, गराउने पुलको काम गर्ने हो जस्तो लागेको थियो । तर आज मलाई आईसीसी सदस्यको अर्थ आईसीसीका उच्च पदाधिकारीहरुको पछि लाग्ने, उनीहरुको भाषणमा ताली बजाउने र आईसीसी सदस्य भएबापत ५०० डलर तिर्ने र बिभिन्न समयमा चन्दा दिने मात्रै हो कि भन्ने भान हुन थालेको छ ।

नत्र भने यस्तो गहन परिस्थितिमा सम्बन्धित देश जापानमा ५, ५ जना आईसीसी सदस्य, १ जना युवा प्रतिनिधि र १ जना महिला प्रतिनिधिसंग आदरणीय अध्यक्ष जीवा लामिछानेज्यूले जापानको कान्तो क्षेत्रीय भेलाको बिबाद बारेमा यहाँका आईसीसी सदस्यसंग के कति मेल वा फोन सम्पर्क गरी जानाकारी लिनुभयो ? कृपया मलाई प्रष्ट्याईदिनु हुन्छ कि ? तपाईले यसबारेमा साँचो निश्कर्ष लिन सक्नुपर्थ्यो तर तपाईबाट जापानको कार्यसमितिभित्रका राजीनामा दिने समुह र वर्तमान अध्यक्ष ओम गुरुङ अनि केहि आसेपासेसंग मात्र किन सोधनी भयो ? के आईसीसी सदस्यप्रति बिश्वास छैन र ? यदि तपाईहरुको अबिश्वासी हौं भने के कति कारणले अबिश्वासी भयौं ? अनि अबिश्वासी सदस्यहरुको राजीनामा किन माग्नुहुन्न ? कि आईसीसी सदस्यहरुले तपाईहरुको अन्यायप्रतिको वफादारिता, न्यायहिनता र अयोग्यताको कारण देखाई राजीनामा माग्नुपर्ने हो ?

मेरो बुझाईमा एनआरएन भनेको निडर, निष्ठावान, दूरदर्शी अनि पारदर्शीहरुको सँस्था पनि हो जस्तो लाग्छ । यस सँस्थालाई प्रतिष्ठित र मर्यादित बनाउने हो भने र नामर्दहरुको सँस्था होईन भन्ने प्रमाणित गर्ने हो भने त्यस्ता नामर्द सदस्यहरुलाई चुरा, पोते र साडी किनेर लगाउन दिनुपर्ने हो कि ? होईन भने सँस्थालाई भयरहित र कलंकरहित बनाउन जोड दिनुपर्नेमा राजीनामा किन ? र के का लागि ?

यसका दुइवटा कारण हुनसक्छन्, कि त यो पवित्र एनआरएन सँस्थालाई राजनीतिकरण गर्न खोजिदैं छ या एनआरएनमा आफ्ना समर्थकहरुको मात्र बाहुल्यता जमाउने कसरत गरिदैं छ । हैन भने निर्बाचन समितिले सपथ खुवाउञ्जेल लाटोले केरा हेरेझैं गरी के हेरिएको थियो ? आफै अध्यक्ष मण्डलमा बसेर सबै बिधिबिधान बमोजिम कामकार्बाही ठिक छ भनेर सदर गर्दै नयाँ कमिटी घोषणा गर्ने उनै अनुहारहरुले झण्डै हप्ता दिनपछि बिधिसम्मत भएन भनेर राजीनामा दिने, बुझिनसक्नुको खेल छ एनआरएन जापानभित्र, आफुले भनेजस्तो हुँदा सबै ठिक नत्र बेठिक ।

यो त तपाईहरु सबैले गरिआएकै कुरा हो, आफ्नो नाउँको पछाडि पिएचडी लेख्न नरुचाउने अनि नाउँको अगाडि डक्टर नै झुण्ड्याउनुपर्ने – एनआरएनको पदीय मर्यादापछि आफ्नो ब्यापारिक कम्पनीको नाउँ र पद झुण्ड्याएर नै चिनाउनुपर्ने । एनआरएनको औपचारिक मिटिङ, भेला र पाएसम्म अधिवेशनसमेत आफ्नै घरआगन र करेसाबारीमा गर्नुपर्ने ? के यस्तै खेल खेल्न एनआरएनमा लागिपरेको हौ ? एकचोटी छातीमा हात राखेर सोच्ने बेला आएको छ । यदि यस्तै सोख छ भने डक्टर मात्रै किन युनिभर्सिटी र ठाउँको नाम पनि किन नजोडेको होला ? ब्यापारिक कम्पनीको नाउँ जोड्नेले बेच्ने सामानको नाउँ र सामानको फोटो पनि संगै टाँसिदिएको भए अझ ग्राहकलाई बुझ्न सजिलो हुनेथियो । घर, अफिस र करेसाबारीमा सभा, मिटिङ गर्नुको सट्टा नेशनल पार्कभित्रै अधिवेशन नै किन नगर्ने ? ताउमा दाउ परे त २, ४ वटा शिकार खान पनि पाईन्थ्यो कि ?

यि त भए शतप्रतिशत देखिएका कुरा र बिषयवस्तु । के अब नजिकै आईरहेको अधिवेशन धाँधलीरहित र निश्पक्षरुपमा सम्पन्न गर्न एनआरएन जापानले सामर्थ्य राख्दछ त ? यदि छैन भने बाउको बिहेको जन्ती छोरा गएजस्तै जापानको सबै क्षेत्रीय कमिटीहरुलाई जिम्मा लगाएर एनसीसीका बाँकी रहेका सम्पूर्णले पनि राजीनामा दिए त अध्यक्ष ओम गुरुङलाई पनि राजीनामा दिन सजिलोपर्ने थियो होला नि हैन र ?

कतै क्षेत्रीय कमिटीका कर्णाधारहरुलाई टोकियोका डनहरुसंग प्रतिस्पर्धा गर्न गाह्रो र डरत्रास छ भने आईसीसीका अध्यक्ष जीवा लामिछानेज्यूलाई नै प्रमुख अतिथिको सिटमा राखी निर्वाचन प्रमुख आईसीसीका प्रमुख संरक्षक देवमान हिराचनलाई नै किन नबनाउने ? अनि त बिशेष अतिथिमा नेपाली राजदूत मदनकुमार भट्टराई पिएचडीज्यूलाई टोकियोका नेपाली डनहरुले छुन त के हेर्न पनि सक्ने छैनन् ।

हैन भने साथीहरु अन्तमा नयाँ गणतान्त्रिक नेपालमा चलेको चलननै हो धनका पोका बोकेका एकातिर, बलका पोका भएका दोश्रोतिर अनि बुद्धिका पोका बोकेका तेश्रोतिर लाईनमा राखी रिले डौड डौडाऔं एनआरएनका अन्तर्राष्ट्रिय रेफ़्री डा. उपेन्द्र महतोले जसलाई पहिलो घोषणा गर्छन् उसैलाई हामी सबैले एनआएन जापानको नयाँ कार्यकारी समिति मानेर अबिरजात्रा गरी फूलको माला लगाई ताली बजाएर सम्मान गरौं । ***

 

 

 

तपाईको प्रतिक्रिया