Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

K bhetwalघनचक्करको घानमा परेको छ जिन्दगी
जिउनु कसरी
जड्याहाको जड्यौरीमा बांचेको छ जिन्दगी
जिउनु कसरी
पराईको आशै आशाले निरिह भएको छ जिन्दगी
जिउनु कसरी
सपना पनि होइन बिपना पनि होईन
अनि त्यहि घनचक्करको रिंगटाईमा परेको छ जिन्दगी
जिउनु कसरी
वास्तबिकताबाट टाढिएर
आफ्नो परिचय लुकाई बाच्नुपरेको छ
जिउनु कसरी
बिहानीको परिवर्तित किरणपुन्जलाई
चाउरिएका हत्केलाहरुले छेक्ने दुष्प्रयासमा परेको छ जिन्दगी
जिउनु कसरी
कल्पिरहेछु, सम्झिरहेछु, नियालिरहेछु
हरेक बिहान अनि पल पलको मराइमा परेको छ जिन्दगी
जिउनु कसरी
के हासो के रोदन, एउटा जिउँदो लाससरी भएको छ जिन्दगी
जिउनु कसरी
कुशल मार्गदर्शकको अभाव खट्किदा
अकर्मण्यता अनि असामन्जस्यपूर्ण
गन्तब्यबिहिन यात्रा भएको छ जिन्दगी
जिउनु कसरी ……जिउनु कसरी !!

 

तपाईको प्रतिक्रिया