Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

bijaya-timilsenaजगल्टे छ,घुम्रेको कपाल, शहर भरी गर्छ केटो बवाल ।
मस्तीमा हुन्छ सधै भरि, बोल्दै हिंड्छ मनपरी ।।
गोजा भरी बोक्छ हात्ति ,तरुनीको लाउँछ ताँती ।
फुर्सद छैन केटोलाई, बिजी छ दिन राती ।।
भन्छ यो शहरको गर्मि हो रे, यसो नगरे पछि परिन्छ रे ।
रेस हो रे जिन्दगिको, धेरै छन् अघिपछि ।।
भन्छ फरक -फरक छ, भाग्य लेख्ने मसि ।
यस्तै हु म भन्छ, गर्नु पर्छ मस्ती ।।
लम्मा जीउ छ ,केटोको चौडा छाती ।
केटीको नाम लेखेको छ, केटोले नाडी काटी ।।
दुबै पाखुरामा केटोको ट्याटुको छाप ।
चुरोट, गाँजा, जाँड, रक्सी  नै केटोको खुराक ।।

-काठमाण्डौ

तपाईको प्रतिक्रिया