Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024

cheena-haraeko-manche=sकाठमाडौं – कलाकार हरिवंश आचार्यद्वारा लिखित ‘चिना हराएको मान्छे’ नामक पुस्तक अहिलेसम्म ३० हजार प्रति बिक्री भएको छ ।

सो पुस्तकको लोकप्रियता र बिक्री बढ्दै गएपछि दस हजारप्रति दोस्रो संस्करणका रूपमा छिट्टै बजारमा ल्याउन लागिएको छ । पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अरू धेरै विषयलाई समावेश गरिएको छ ।

कलाकार आचार्यले सो पुस्तकबाट पाठकको राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै त्यसको बिक्रीबाट प्राप्त रकममध्ये रु पाँच लाख धुलिखेलस्थित मीरा आचार्य अनाथालयलाई प्रदान गरिएको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया