Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

255682_627462060616442_1157684713_nनेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुइ प्रतिभाको एउटै कृति गजल सवाल-जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा एउटा सकरात्मक सन्देश दिनेछ समाजलाई र गजलकारिताको क्षेत्रलाई । मान्छेका मनहरू कसरी कहाँ रूपान्तरति हुन्छ त्यो समयको कुरा हो । मैले चिनेको यी दुइ प्रतिभा गजलकारहरू रामकृष्ण पौडेल र फुच्ची जमुना नेपाली गजलका तिख्खर प्रतिभा हुन् । सृजनाको आगो बोकेर प्रत्येक गाउँ वस्तीहरूमा काव्यिक चेतना भर्न सक्ने यी प्रतिभाशाली गजलकारहरू संवेदनशील हुन् । अक्षर यात्राहरूमा र समयका पाउहरूलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना छन् यी प्रतिभाहरूसँग ।
यतिबेला गजलको विकास र संरक्षणका लागि अक्षरयात्रीहरू गजलको युग निर्माण गर्दैछन् । त्यही युग निर्माणमा “धमिलिएका डोबहरु” एउटा दस्तावेज बन्नेछ । गजल साहित्यका निम्ति एउटै भूगोल एउटै क्षितिजमा उभिएर गजलकारहरूले मनका अभिव्यक्तिहरु यस कृतिमा कतै दुःखका सरोकारहरू र कतै उमगंका लहरहरू जन्माएका छन् । गजलमा पछिल्लो पटक एउटा फरक विषय वस्तु र शैलीको उठान सवाल-जवाफको रूपमा आएको छ । यस कृतिमा रामकृष्ण पौडेलले कतिपय सवालहरु राखेका छन् भने फुच्ची जमुनाले त्यसको जवाफ लेखेकी छिन् र कतिपय गजलहरू फूच्ची जमुनाले त्यसको सवाल छाडेकी छिन् र रामकृष्णले जवाफ दिएका छन् । गजलमा साठीको दशकले एउटा अलग पहिचान बनाएको छ । यही क्रममा यो गजल सङ्ग्रह एउटा फरक प्रस्तुतिको रूपमा प्रकाशन हुनु गजलकै लागि एउटा इतिहास हुनेछ । अत्यन्त शालीन सौम्य र निश्चल यी गजलकारहरूको अनुहारमा मैले एउटा काव्यिक क्षमता र प्रशस्त योग्यता देखेको छु । यिनीहरूले आफ्ना रचनाहरूलाई आञ्चालिकतासँगै जोडेका छन् । पृथक् सपनाहरू वोकेर साहित्यिक सृजना गरिरहने यी स्रष्टाहरूबाट नेपाली समाजले एउटा लोक संस्कृतिका विविध पक्षहरू भेट्ने छन् भन्ने लाग्दछ । मौलिक संरचना, भाव प्रस्तुतिको गहनता र बिम्व र प्रतीकात्मक संवेदनाहरू प्रशस्त छन यिनका गजलहरूमा । अझै यिनका गजलहरूमा समाकालीन प्रणय चेतनाका भावहरू देखिन्छन् ।
गजलकारहरूले आफ्नो सामाजिक जीनशैली, र समाजको संस्कृति र युगीन चेतनाहरूलाई स्थान दिएका छन् । समाजमा प्रेमले पारेको प्रभावलाई साहित्यमा उल्लेख गरेका छन् । कथा शैलीमा एउटै धारमा प्रवाहित छन् । यिनीहरूका प्रणयरुपी गजलहरू कतै आफ्नो मान्छे विदेशिएको पीडामा रोईरहेका छन् त कतै थुप्रै खुशीहरू बटुलेर आफ्नी प्रेमीकाले समुद्रको लहरबाटै एउटा सुन्दर सृजना उठाएर पे्रमीलाई दिंदाको सुखद पुल छ गजलमा । संग्रहमा आकाशकै एउटा सतहबाट क्षितिज पारि नियाल्दै जूनका रश्मिहरूसँगै प्रेमले उत्सव मनाएका कयौँ गजलहरू छन् । यस कृतिमा गजलकार रामकृष्ण र जमुनाले समयको नदी भएर गजलका तरङ्गहरू छाल जस्तै उतारेका छन् । न्रि्रामा रहेका मान्छेहरूलाई व्युँताएका छन् आफ्ना गजलका शेरहरूमा थाहा छ यी दुइ अक्षर यात्रीहरू यतिबेला गजलको यात्रै नभएर आफ्नो जीवनको उज्यालो भविष्य खोजेर शब्द शिखरहरूमा यात्रा गरिरहेछन् । यिनीहरूको यो लोभ लाग्दो सृजनाले केही न केही सन्देश समाजलाई दिनेछ । समयका प्रत्येक पलहरू महत्वपूर्ण छन् । चेतनाशील र सृजनशील मान्छेहरू समयको छाता ओढेर सृजना गछन् र सामाजिक विसंगतिहरू भत्काउँछन् यस्तैगरी रहेका छन् यी दुइ गजलकारहरू । यिनका अधिकांश गजलहरू प्रेमले न्रि्रुक्कै भिजेका छन् । सबै  जीवन प्रेममा नै निहित छ । यस्तो लाग्थ्यो कतै कुनै गजलहरू त आफैसँग सम्बन्ध जोडिए जस्तै लाग्थ्यो । यिनीहरूको गजलमा कहिले काँही म आफै पात्रको रुपमा उभिए जस्तै लाग्छ । पत्थर भैसकेकोल मेरा मनहरू फेरि एक पटक व्यूँतिएको जस्तै लाग्यो । यही त हो गजलको क्षमता र लेखकको सृजना शक्ति । मैले यिनीहरूको गजलमा आफ्नो अभिमत प्रकट गर्दै गर्दा यस्तो अनुभव गरें धरातल सँगै उड्नुको एउटा औचित्य रहेछ त्यो क्षणिक भए पनि आखिर चाहिने त धरातल नै रहेछ । हो अक्षरहरूले उडान भरेर गजलकारहरू धरातलमै उभिएका छन् आफ्नो एक टुक्रा मन वोकेर । “धमिलिएका डोबहरू” मा प्रेमको शक्ति र सम्प्रेशण छ । हरेक सृजनामा प्रेम हुन्छ र यसमा प्रणयका थुप्रै चेतहरू छन् । समयको उदवेगहरूसँगै प्रेमी-प्रेमीकाहरुको न्यानो स्पर्श भेटिन्छन् । घाम जून जस्तै सुकिलो हुनुपर्छ प्रेम । जीवनको सुन्दर गन्तव्य हुनुपर्छ प्रेम । र थुप्रै थुप्रै मायाको संवेग हुनुपर्छ, रागात्मक भाव हुनुपर्छ र त्यतिमात्रै हैन आँखाभरी मीठा सपना हुनुपर्छ । आफू हिड्ने गोरेटाहरूमा थुप्रै बाटाहरू हुनुपर्छ अनि कतै विसौनी हुनुपर्छ । त्यही हो माया, गजलकारको यस्तै अनुभूत छ गजलहरूमा मायामा नभेटिने किनारहरू पनि हुन सक्छन् तर सम्भावनाको जिन्दगी बाँच्नु पर्छ एउटा युग निर्माण गर्न। यस्तै सर्न्दर्भ उठाएर सवाल राक्दैछन् गजलकार

सवालः- मेरो उषाका प्रहरहरू खोसेर भूल गर्‍यौ,
मन भित्रका रहरहरू खोसेर भूल गर्‍यौ ।
जवाफः-चाँद छोड्दै विहानीको उषा खोज्दै आए,
कस्को रहर कति रै छ भनी सोच्दै आए ।
सवालः- वस्तीभित्र झोसेर आगो के पायौ कुन्नि,
सँगै रात काटेका शहरहरू खोसेर भूल गर्‍यौ ।
जवाफः-हामी दुइको सम्बन्धलाई टुटाउने यो समाज
जलाएर राख पारी आगो झोस्दै आएँ ।

थाहा छ गजलकार आफ्नी प्रेयसीलाई यसो भन्छन् तिमीलाई आफ्नो सम्झनेहरू यो समाजमा कोही हुँदैनन् । त्रि्रा दुःखहरूमा त्रि्रा आशहरूमा म नै प्रत्यक्ष हुनेछ । मान्छेहरू यहाँ विवेकी छैनन् समय, समय जस्तो छैन । कति हृदय स्पर्शी छन् गजलका भावहरू अब एउटै अँगालोमा जीवन काट्न सक्नु पर्छ, एउटै सिरानीमा थुप्रै भविष्यका स्वाणीम सपनाहरू देख्नुपर्छ र जिन्दगीका क्यानभासहरूमा मायाका रङ्गहरू एउटै पोतिनु पर्छ । किनारा नभेटिने प्रेमको के अर्थ – तृष्णाको ज्वालामा दन्किरहने प्रेमको के औचित्य – मान्छेको प्रवृति र स्वभावमा फरक भेटिनु पर्छ । फूलको जस्तै मीठो सुभाष आउनुपर्छ सामाजिक जीवनका मीठा अनुभूति र तस्वीरहरू उजागर हुनुपर्छ । हरेक मनहरू आशावादी र उत्साही हुनुपर्छ । फूल र जीवनको एउटै प्रसंग हुनु पर्छ यो यात्राहरूमा । थाहा छ सत्य प्रेममा आँखाहरू कहिल्यै अघाउँदैनन् मुटुहरू थाक्दैनन् प्रेमको आशक्ति त्यत्तिको हुन्छ । हरपल आँखाकै नजिक भएर वगिरहन खोज्छन् प्रेमका नदीहरू गजलकार को गजलमा हेरौँ नमुनाः
सवालः- यो दुनिया पर बसाइँ सरौ न तिमी र म
शङ्का भो लेकमा बेसी नै, झरौ न तिमी र म
जवाफः- आखिर हाम्रै संसार मास्ने हुन्छन् अभागीको
पीर व्यथा मनका कस्ले सुन्छन् अभागीको ।
सवालः-त्यो क्षितिज हेर हामीलाई बोलाइरहेछ
डाँडा, काँडा, खोल्सा, पहरा, तरौ न तिमी र म ।
जवाफः-त्रि्रो मेरो पिरतीको रिस गर्ने धेरै हँुदा
बिना काममा फसाउँदै जाल, बुन्छन् अभागीको ।
मान्छेसँग माया कति छ कति छ तर साँचो र यथार्थ फरक रहेछ । कति झुट्टा मुद्दाहरूमा जीवन झेल्नुपर्छ अरुका फूलहरू सँगै जीवन फुल्दै क्रमशः भन्नुपर्छ शायद यी नियतिका खेल हुन् । समग्रमा बाँच्नुको सार्थकता त्यहीनिर हुन्छ जहाँ मायाको संवेग हुन्छन् हृदय भरी । हरेक मनको हजलासमा मायाको विकेन्द्रीकरण हुन्छ । नयाँ सोच र अध्ययनसँग संयोजन हुन्छ । मनहरू अनि सार्थकता भेटिन्छन् सृजनाहरूमा । यस्तो लाग्छ मान्छेहरू चराहरू सँग दाजिन सक्दैनन् ति निरिह प्राणीहरूसँग स्वार्थ छैन कटुता छैन छैन लोभ लालसा र इर्स्यालु भाव कति सुखद छ तिनीहरूको जीवन । तर मान्छेहरूको प्रवृति र दरिन्द्र मानसिकता, दरिन्द्र सोचले कति छरपष्ट भएको छ जीवन । गजलकार जमुनाले आफ्ना मनको देउतालाई मनको शङ्कालाई हृदयवान् नै प्रेमीले र्स्पर्श गरेर सोधेकी छिन् हजुरलाई कस्तो छ विदेशमा ?अनि के गर्दैछौ ? मनभरी को थुप्रै अभिलाषाहरू गुनासाहरू पोख्दै छिन् सवालमा यसरी र गजलकार रामकृष्णले आफ्नी प्रेमीकालाई मनको किनारबाट उठाएर आँखा भरी राखेर आफ्नो व्यथा पोखेका छन् गजलमा हेरौ न तः
सवालः-सात समुद्र पारि छौ, काम कस्तो छ राजा –
ठिक्क कि धेरै थोरै, दाम कस्तो छ राजा –
कता-कता सुनेकी छु मान्छे जाली छन् रे,
लुटपाट हुन्छ कि त, ठाम कस्तो छ राजा –
जवाफः-विदेशीको खुट्टा मोल्दै बस्नु पर्‍यो दास कान्छी,
कमाइ छैन हात मुख जोर्न पुर्‍याको छु गाँस कान्छी ।
कोही आफ्नो छैन यहाँ हराउँछु आफै भित्र,
मर्न लाग्दा पानीको नि लाग्दैन खै आश कान्छी ।
यस्तै दुःखहरूको अनुभूति बोकेर आफ्नी प्रेयसीले समुद्रपारि रहेको आफ्नो जीवन साथीलाई धेरै कुराहरू मनको गुनासाहरू बनाएर सोध्दै छिन् यसरीः
सवालः- कस्तो छ तिम्लाई उता के गर्दै छौ गाउँमा प्यारी –
बालुवामा खेल्दै छु म बिरानो यो ठाउँमा प्यारी ।
जवाफः-पर्खिएर  तिम्रै बाटो हेरी बसें गाउँमा प्यारा,
कस्तो छ तिम्लाई उता बिरानो त्यो ठाउँमा प्यारा ।
सवालः- पढ्न पनि सकिएन इलम छैन हातमा केही,
त्यसैले त पर्न आए विदेशीको पाउमा प्यारी ।
जवाफः- यसो उसो कमाई गरी खाने बाटो छैन देशमा,
जानु पर्‍यो विदेशीको आखिर आज पाउमा प्यारा ।

जिन्दगी बाँच्ने क्रममा कति सम्झौताहरू भएका छन् कति भोगाइहरू रोएका छन् । गन्तव्य वोकेर हिडिरहेका मनहरू कहिल्यै किनार भेट्लान् अनि प्रेमीले स्पन्दनमा जीवन सुखानुभूति होला । आजकल मान्छेहरू पनि किन मान्छे जस्तै वन्न सकिरहेका छैनन् कति स्वार्थी छ यो जमाना आफ्नै भन्ने मान्छेहरूले क्षण क्षणमा, बदनाम गरिरहेछन्, घात प्रतिघात रहेछन् । मनको उज्यालो विम्बहरू खोसेर अध्यारा जीवन भोगिरहेका छन् विचरा यी मान्छेहरुको आस्था विश्वास खै कसले उठाउन सक्छ – अनुभूतिको श्रृङ्खलाहरू समेटेको गीत लेख्दैछन् र विहानका कलिला घामहरू सँगै उत्साहित मनहरू साट्दैछन् ।
हुन त मान्छेहरू आफै भित्र एउटा पीडाको पहाड वोकेर हिडिरहेको हुन्छन् एउटा अनौठो प्र्रश्नहरूको । फूल जस्तो स्थिनग्ध जीवन र सुवासिलो प्रेमको आवश्यकता भएर पनि त्यस्तो समग्र भेटिदैन जीवन यात्राहरूमा । कतिपय मान्छेका मनहरू वगर भएका छन् । इर्स्या र प्रतिशोधले स्थिरता जन्माएको छ भावानाहरूमा । थुप्रै सपनाहरू वोकेर अक्षरहरूको यात्रामा वग्दै गरेको स्वर्णीम जिन्दगी लेख्ने क्रममा यतिबेला गजलकार रामकृष्ण र जमुनाले एउटा आफ्नै मायाको आँगन बनाएका छन् । कति छट्पटी, कति पीडा, कति भोगाइहरू छन् गजलमा । कयौँ रात उनकै पर्खाइमा रोएर विताएको छन् । आस्थाका उज्याला घामहरू बोकेर उदायका छन् । यी गजल सङ्ग्रहहरू । यिनका रचनागत शिल्पशैली र गजलका संरचनाहरू उपयुक्त छन् तर शब्द भावहरूमा परिष्कृत  भएर आउन जरुरी ठानेको छु । सवै गजलहरूमा मायाको वृतचित्र छन् अब देश र समाजको उठान गर्न जरुरी छ यी गजल स्रष्टाहरूले । प्राय गजलहरूमा प्रेमी र प्रेमीका बीचको संवादहरू मात्रै छन् । गजलमा अझै नवीनता खोजको भए यो सङ्ग्रहले एउटा अस्तित्व उठाउने थियो । समग्रमा गजलकारहरूको यो प्रयास प्रशंसनीय छ ।
अन्तमा, एउटा सुकिलो जूनको अस्तित्व बोक्नेछ यस कृतिले सडकमा कसैले क्षत्रि्रस्त जीवन भोग्नु परेतापनि सृजनामा यी दुइ स्रष्टाले एउटा नयाँ जीवन प्राप्त गर्नेछन् र बनाउने छन् आफ्नो सुकिलो भविष्य “धमीलीएका डोबहरू ” मा । मैले सङ्लो अनुभूति भेटेको छु यहाँ सबै किसिमका शब्द सृजनाहरूमा । विषयवस्तुको उठान उत्तिकै र्सार्थक छन् । यहाँ कसले कस्को प्रतिभा दाँज्यो त्यो शब्द सृजनाले आभास दिन्छ । अविराम समयका न्रि्राहरू विथोलेर वस्तीहरू व्युझिने छन्, चट्टानहरू पनि जुर्मुराएका छन् । शुन्यतामा रहिरहेको चराहरू मौन रहनेछन् यस्तो मायालु गजलका शब्द शिविरहरू बनाएकका छन् गजलकार रामकृष्ण र जमुनाले यी दुवैलाई हृदयभरिको लाख-लाख शुभकामना र यस कृतिको  पूर्ण सफलताका साथै कविकारहरूलाई वधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझै शसक्त रूपमा गजलको क्षेत्रमा अगाडि बढ्ने प्रेरणा प्राप्त हुनसकोस् शुभेच्छा ।

 

 

तपाईको प्रतिक्रिया