Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
combo-5-picकाठमाडौ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार इटहरीमा विकासका सपना बाँडेर भोट मागिरहँदा एमाले अध्यक्ष झलनाथ खनाल झापामा थिए । एमालेकै अर्का नेता माधव नेपाल पनि विराटनगरमै थिए ।
संविधानसभाको निर्वाचन मिति घोषणा नभए पनि प्रमुख राजनीतिक दलहरूको चुनावी अभियान देशभर बिस्तार हुँदै गएको छ । सबै कार्यक्रममा नेताहरू भाषणमार्फत प्रतिस्पर्धी दलविरुद्घ आरोप/प्रत्यारोप र सर्वसाधारणलाई आफ्ना पक्षमा पार्न प्रयासरत देखिए । नेताहरू बुधबार मात्र व्यस्त भएका होइनन् । एक महिनामा एमाले नेता नेपाल चार पटक आफ्नो निर्वाचन जिल्ला रौतहट पुगे । एमाओवादी अध्यक्ष दाहालले भारत जाने दिनसमेत कार्यक्रम भ्याएका थिए । त्यसअघि उनको दिनचर्या उस्तै थियो । यो दौडमा कांग्रेस नेता पनि पछि छैनन्् । उपसभापति रामचन्द्र पौडेल १० दिने कार्यक्रम लिएर सुर्खेतमा छन् । कांग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवाको भ्रमण तालिका लामै छ । सभापति कोइराला गृह जिल्ला बाँकेको कार्यक्रमपछि अस्वस्थ भएर आराम गरिरहेका छन् । मधेसवादी दलका अधिकांश नेता पनि चुनावी दौडाहामै छन् । नेताहरूको सक्रियतामात्र होइन, दलहरूको चुनावी एजेन्डा पनि बिस्तारै आउन थालेका छन् । जस्तो— एमाओवादी अध्यक्ष दाहालले विकासका लागि एमाओवादीलाई रोज्न आह्वान गरे भने झापा पुगेका खनालले एमाओवादीका कारण संविधान नबनेको जिकिर गर्दै आफ्नो दललाई मत दिन आग्रह गरे ।
अध्यक्ष दाहालले किमाथांकादेखि जोगवनीसम्मको राजमार्ग निर्माणदेखि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जुटमिल सञ्चालनसम्मको आश्वासन दिए । उपाध्यक्ष बाबुराम भट्टराईले पनि चुनावी शैलीको भाषण गर्दै १० वर्ष आफ्नो पार्टीलाई शासन गर्न दिए प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउने दाबी गरे । केही दिन तराई मधेसका कार्यक्रममा केन्दि्रत हुनेगरी पूर्वाञ्चल लागेका एमाओवादी नेताहरूले दुई तिहाइ मत मागेका छन् । एमाओवादी आन्तरिक रूपमा चुनावी प्रशिक्षणमा पनि केन्दि्रत छ । झापामा अध्यक्ष खनालले एमाले पहिलो पार्टी बने मात्र मुलुकमा संविधान बन्ने भन्दै मत दिन आग्रह गरे । चुनावी एजेन्डामा कांग्रेस र एमालेले संविधान नबन्नुमा माओवादीलाई जिम्मेवार ठहर्‍याउन थालेका छन् । आगामी आइतबारबाट चुनावी एजेन्डामा केन्दि्रत पार्टीको पोलिटब्युरो र केन्द्रीय समितिको बैठक भएकाले केही दिन एम्ााले नेताहरू राजधानीमा रहने छन्् ।
केन्द्रीय समितिको बैठक सकिएपछि २ सय ४० निर्वाचन क्षेत्रमै चुनावी अभियान लिएर जिल्ला जाने योजनामा छन् । अर्का नेता केपी ओली बिहीबार नुवाकोट र शुक्रबार भोजपुर हान्निँदै छन् भने अर्को साता सिन्धुपाल्चोक पुग्दैछन् । वैशाख १० देखि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर चुनावी अभियान थालेको कांग्रेस जिल्ला, क्षेत्र, नगर, गाउँ र वडा तहसम्म पार्टीका नीति र कार्यक्रम पुर्‍याएर संगठन सक्रिय बनाउन जुटेको छ । पौडेल सुर्खेतबाटै दैलेख, जुम्ला, कालिकोट र मुगु जानेछन् । वरिष्ठ नेता देउवा पर्वतको कार्यक्रम सकेर बिहीबार र्फकंदै छन् । राजधानी फर्केपछि देउवाको पुनः जिल्ला जाने कार्यक्रम छ । स्वास्थ्यमा सुधार भए कोइराला शुक्रबारदेखि जिल्ला भ्रमणमा निस्कने कार्यक्रम छ । कांग्रेस नेताहरूले विकासका कुराभन्दा पनि विघटित संविधानसभामा एमाओवादी ठूलो पार्टी भएकाले संविधान बन्न नसकेको जनाउँदै अब संविधान बनाउनका लोकतान्त्रिक पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।  उनीहरूले संविधान बन्न नसकेको र संविधानसभा विघटनसमेत एमाओवादीले गरेको आरोप लगाएका छन् । पार्टीको हालै सम्पन्न महासमिति बैठकले निर्वाचनमा केन्दि्रत हुने तय गरेको थियो । पार्टीको सिद्धान्त, समसामयिक दृष्टिकोण तथा चुनावी रणनीतिबारे क्रियाशील सदस्यहरूलाई भदौ महिनासम्म प्रशिक्षण सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको छ । त्यस्तो प्रशिक्षण कार्यक्रम वडा र मतदान केन्द्रसम्म पुर्‍याउने योजना छ ।
दाहाल र भट्टराईको पूर्वी सक्रियता जारी छ । २१ गते सर्लाही जाने योजना छ । २२ गते सर्लाहीमा प्रशिक्षणसमेत छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया