Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
prachandaनयाँदिल्ली – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बहुप्रतीक्षित भारत भ्रमणको औपचारिक कार्यतालिका तय भएको छ । भारत सरकारनिकट स्रोतहरूले बताएअनुसार दाहाल शनिबार साँझ नयाँदिल्ली आइपुग्ने छन् । आफ्नो भारत बसाइमा प्रधानमन्त्री मनमोहन सिंहलगायतसूग भेटवार्ता गर्ने उनी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।
भ्रमणको अन्तिम दिन मंगलबार सबैभन्दा महत्त्वपूर्ण छ । त्यस दिन उनले भारतीय प्रधानमन्त्री सिंह र विदेशमन्त्री सलमान खुर्सिदसँग छुट्टाछुट्टै भेट्ने छन् । खुर्सिदले दाहालको सम्मानमा दिवाभोजको आयोजनासमेत गर्ने स्रोतले बतायो । मंगलबार पनि उनले सोमबार नसकिएका महत्त्वपूर्ण राजनीतिक भेटवार्ताहरूलाई निरन्तरता दिनेछन् ।
दाहालले सत्तारूढ कंग्रेस, विपक्षी भाजपा, जनता दल युनाइटेड तथा वाम दलका नेताहरूसूग भेट्ने बताइएको छ । सत्तारूढ गठबन्धन ‘यूपीए’ की अध्यक्ष सोनिया गान्धीसूग उनको भेट हुने वा नहुनेबारे भने तत्काल प्रस्ट हुन सकेको छैन ।
भारत बसाइमा उनले यहाँस्थित अग्रणी उद्योग वा अत्यन्तै सफल मानिएको जलविद्युत् आयोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम पनि राखिएको छ । त्यसका लागि भ्रमणको भोलिपल्ट आइतबारको दिन छुट्याइएको छ । स्रोतहरूका अनुसार उनी दिल्लीनजिकै पर्ने मारुती कारको प्लान्ट वा हिमाञ्चल प्रदेशस्थित जलविद्युत् आयोजनामध्ये कुनै एकको भ्रमणमा निस्कने छन् ।
‘नयाँदिल्ली र एमाओवादीमा सकारात्मक बदलाव’
नयाँदिल्लीसँग निकै उतारचढावपूर्ण सम्बन्ध रहेका दाहाल शान्ति प्रक्रियामा आएपछिको तेस्रो भारत भ्रमणका लागि शनिबार आउन लागेका हुन् । उनको भ्रमणलाई भारतभित्र पनि निकै चासोका साथ हेरिएको छ । नेपाल मामिला नजिकबाट नियाल्ने भारतीय नेता तथा विज्ञहरूले यो भ्रमणलाई एमाओवादी र नयाँदिल्ली दुवैमा आएको सकारात्मक बदलावका रूपमा टिप्पणी गरेका छन् ।
‘यो भ्रमण भारत र प्रचण्ड दुवैले धरातलीय यथार्थ बुझेको दरिलो प्रमाण हो,’ दाहालका निकट मानिने जनता दल युनाइटेडका प्रमुख महासचिव केसी त्यागीले बताए । दाहाल नेपालको राजनीतिमा ‘केन्द्रीय व्यक्तित्व’ भएकाले नेपालसम्बन्धी आफ्नो रणनीति तय गर्दा उनलाई ‘अस्वीकार गरेर वा उनीसँग सम्बन्ध नराखेर मूल्य चुकाउन’ भारतले नसक्ने त्यागीले प्रस्ट्याए ।
नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीका अध्यक्ष एवं सत्तारूढ नेसनलिस्ट कंग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीले पनि दाहालको भ्रमणले नेपाल- भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान मद्दत पुर्‍याउने धारणा राखे ।
नेपालमा भारतीय राजदूत भइसकेका पूर्वकूटनीतिज्ञ शिवशंकर मुखर्जीले आपसी मतभेद तथा मनमुटावहरू मेटाउन यस्ता उच्चस्तरीय भ्रमण सहायक हुने उल्लेख गरे । ‘अफवाह, षड्यन्त्रका कल्पनाहरू र सस्तो लोकप्रियताका रटानहरूले पानी धमिल्याउँछन् । त्यसलाई सफा तुल्याउन उच्चस्तरमा छलफलहरू जरुरी हुन्छन्,’ विगतमा दाहाल र दिल्लीबीच सम्बन्ध चिसिएकोतर्फ इंगित गर्दै मुखर्जीले भने ।
नेपाल मामिलाका अर्का जानकार भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहताले दाहालको भ्रमणलाई एमाओवादी रूपान्तरणप्रति नयाँदिल्लीको ‘रेकगनिसन’ का रूपमा अथ्र्याए । ‘त्यसका अतिरिक्त भारत सरकारले एमाओवादी अध्यक्ष र उनको रूपान्तरित पार्टीलाई कति महत्त्व दिन्छ भन्ने छर्लंग भएको छ,’ मेहताले थपे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया