Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

आफ्नो अघि बन्ध्याकरण गर्नका लागि पालो पर्खिई रहेकी महिलालाई डाक्टरले सोधे “खै त ! तपाईको श्रीमान् ? बन्ध्याकरण गर्न त श्रीमान् चाहिन्छ नि ।
महिलाले उत्तर दिइन “उहाँ वित्नु भएको त एक वर्ष पन्ध्र दिन भै सक्यो ।”
श्रीमान्नै नभए पछि किन बन्ध्याकरण गर्नु पर्यो त ? डाक्टरले जिज्ञासा राखे ।
तिनै मृत श्रीमान र छोराहरुको ईज्जत जोगाउँन । महिलाले संक्षिप्त उत्तर दिईन ।
डाक्टरहरूले एक आपसमा मुखामुख गरे ।

तपाईको प्रतिक्रिया