Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

न्यूयोर्क-आगामी जुलाई ४ देखि ६ सम्म अमेरिकाको न्युयोर्क शहरमा हुन लागेको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए ) को ३१ औं सम्मेलनको अबसरमा ‘ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका’को तर्फबाट सम्पन्न हुने अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ लाई सफलताका साथ सम्पन्न गर्नको लागि बिभिन्न देशको प्रतिनिधि रहने गरि प्रतिष्ठानका उपाध्यक्ष्य साहित्यकार बिनोद रोक्काको प्रमुख संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको छ | महोत्सबमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई क्रमशः एनएम शुभद्रा भानुभक्त काब्य पुरस्कार, एक हजार यु एस डलर र प्रमाण पत्र, शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार, तीन सय यु एस डलर र प्रमाण पत्र, बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार, दुई सय यु एस डलर र प्रमाण पत्र प्रदान गरिने भएको छ । महोत्सबमा कविता पठाउन इच्छुक कवि कवयित्रीहरुलाई केही नियम पालना गरी कविता पठाउन पर्नेछ । जस अन्तरगत,  प्रतियोगीले कविता आफ्नो क्षेत्रको संयोजकको ई-मेल अथवा सिधै केन्द्रिय संयोजक र उप संयोजकको ई-मेलमा पठाउन पर्नेछ । कविताको शब्द सीमा अधिकतम दुई सय तोकिएको छ | सो भन्दा बढी शब्दका कविता प्रतियोगितामा समावेश गरिने छैन | कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरु स्वत अस्वीकृत हुनेछन | कविताको बिषय बस्तु र कविताको स्वरूपको (गध्य या छन्द ) बारेमा कविहरुलाई स्वतन्त्र छाडिएकोछ | अंग्रेजी र नेपाल भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउनेछन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्नेछ | एकजना कविले एउटा मात्र कविता पठाउन सक्ने छ भने एक भन्दा बढी आएका कविता स्वतः बदर हुनेछ । कविता कान्तिपुर, प्रिती या मंगल फन्टमा मात्र पठाउनु पर्नेछ । कविता नितान्त नयाँ र मौलिक हुनु पर्नेछ त्यसैगरी कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना समेत पठाउनु पर्नेछ | प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत अस्वीकृत गरिने छ | प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत अस्वीकृत हुनेछ । प्रतियोगी कविता आउँदो मई महिनाको ३१ तारेखसम्ममा दिइएको ठेगानामा प्राप्त भई सक्नुपर्ने छ |
त्यसैगरी प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आए अन्तिम निर्णय प्रमुख संयोजकको रहने कुरा जनाएको छ ।

अन्य जानकारी तथा अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ आयोजक समितिको सम्पर्क इमेल ठेगानाहरू यसप्रकार छन् ।

प्रमुख संयोजक – बिनोद रोक्का – kabitapratiyogita2013@gmail.com,
उपसंयोजक – गोवर्धन पूजा kabitapratiyogita2013@gmail.com,
बेलायत संयोजक- कोमलप्रसाद श्रेष्ठ मल्ल…[email protected]
क्यानाडा संयोजक – ऋषि बस्ताकोटी [email protected]
नेपाल संयोजक – बिश्वबिमोहन श्रेष्ठ [email protected]
भारत संयोजक -मनप्रसाद सुब्बा [email protected]
इजराइल संयोजक – भगवती बस्नेत [email protected]
खाडी मुलुक संयोजक – चन्द्र गुरुङ [email protected]
दक्षिण एसिया संयोजक – टंक सुब्बा [email protected]
अष्ट्रेलिया संयोजक -निष्प्रभ सजी [email protected]
भूटान संयोजक – पुरानाघरे – [email protected]

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया