म भर्खरै सोह्र पुगेर सत्र लागेको थिए । ११ कक्षा पुरा गरेर १२ कक्षा सुरु गर्न लागेको थिए ।यो २०५५ साल तिरको कुरा हो । एकदिन मलाई मेरो साथीले तिम्रो ग्रलफ्रेण्डको खबर के छ भनेर सोध्यो । मैले उसबाट यस्तो कुरा सुन्दा छक्क परे किन की मेरो ग्रलफ्रेण्ड नै थिएन । अनि मैले भने मेरो ग्रलफ्रेण्ड नै छैन, अब तिमीलाई के खबर सुनाउनु ।उसले भन्यो कुमारी अनि तिम्रो ग्रलफ्रेण्ड हैन र ? मैले
भने उनि मेरो ग्रलफ्रेण्ड हैन मिल्ने साथी हो । वास्तबमा उनि सारै नै राम्री थिइन उनको सिउदोमा सिन्दुर भर्न नचाहने सायद त्यो कलेजमा कोही थिएन होला । उनको र मेरो सम्बन्ध निकै राम्रो थियो हामी कलेजमा प्राय संगै हुने गर्थ्यौ अनी मिठा मिठा गफ गरेर खाली भएको समय बिताउथ्यौ। मलाई किन किन उनिलाई देख्दा निकै उत्साह बढेर आउथ्यो, जागर चल्थ्यो पढन पनि। तर खै कस्तो हुन्थ्यो
उनिलाई मलाई देख्दा आजसम्म अन्योल मै छु म। जे होस म र उनि बिचमा गहिरो मित्रता चाँही थियो नै जसलाई धेरैले ग्रलफ्रेण्ड ब्वाइफ्रेण्डको साइनो लगाइदिएका रहेछन । बल्ल मेरो साथीले मलाई उनको बारेमा बुझ्दा थाहा पाए ।
जब मैले मेरो ग्रलफ्रेण्ड हैन भने उसले मलाई फेरी दोहोरयाएर सोध्यो । श्याम पक्का तिम्रो ग्रलफ्रेण्ड हैन कुमारी ? मैले फेरी भने हैन साथी मात्र हो । अनि उसले सोच्दै नसोची भन्यो उसो भए मलाई उनिसँग परिचय गराइदेउ म उनिलाई बिहे गर्छु । उ साइनोले मेरो काका पनि पर्थ्यो तर हामी संगै पढ्ने भएकोले साथी साथी झै थियौ ।मैले उसको कुरालाई नाइ भन्न सकिन अनि भने हुन्छ राज । अनि एकदिन
शनिबारको दिन पारेर राजलाई लिएर म कुमारीको कोठामा गए । त्यो दिनसम्म म कहिलै पनि उनको कोठामा गएको थिइन उनले मलाई पटक पटक बोलाए पनि । त्यसैले उनि छक्क परिन सुरुमा त मलाई उनको कोठामा देख्दा, अनि भनिन पश्चिमबाट घाम झुल्कियो के हो श्यामजी आज । अनि उनले बस्न आग्रह गरिन हामिलाई कुर्सी औंलाउदै । हामी बसयौ कुर्सीमा अनि मैले चिनजान गराए राज र कुमारीलाई साथी स्वरुप । त्यहा करिब १२ घन्टा लामो गफ भयो हामी तीन जना बिचमा, त्यो अवधिभरमा मैले धेरै प्रेमका काहानिहरु सुनाए । मलाई राजले चिमोटी रहेको थियो, उसले मन पराउछ रे तिमीलाई भनेर भन्नको लागि तर किन हो कुन्नी मैले यो चाही भन्न सकिन ।अनि मलाई कुमारिले भनिरहेकी थिइन श्याम प्लिज मनको कुरा भन्नोस जे छ मनमा डराउन पर्दैन, लजाउन पर्दैन । तर मैले भन्न सकिन राजले तिमीलाई मन पराउछे रे भनेर । अन्तत बेलुका ९ बजेतिर हामी कोठा फर्कियौ उनिसँग बिदा मागेर ।
राज र म चाही संगै बस्थ्यौ तसर्थ राजले मलाई सोध्दैथ्यो कसरी लेख्ने प्रेमपत्र भनेर मैले भने मलाई आउदैन ।परिचय गराएको केहि दिनपश्चात राजले कुमारीलाई प्रेमपत्र लेख्यो । उसले दुइ तीन वटा प्रेमपत्र लेख्यो तर कुमारीले जवाफ दिइनन । यत्तिकैमा राज अर्कै कलेजमा पढ्न गयो । त्यो पछाडि मलाई केहि थाहा भएन उनिहरुको प्रेमको बारेमा ।
म संधै झै कलेजमा उनिसँग कुराकानी गर्थे । एकदिन उनिले मलाई भन्यो श्याम मलाई तपाईंको घर जाने मन छ । मैले भने हुन्छ, तर मलाई किन किन डर लाग्यो उनिलाई घर लान तसर्थ म भोलिबाट कलेज नै जान छोडे उनिलाई घर नलाने सोच गरेर । बजारमा कहिलेकांही भेट हुन्थ्यो, म भागेर हिडथे उनिसंग । त्यत्तिकैमा कक्षा १२ को परिक्षा सिद्दियो अनि म घर गए । घर गएको त घरमा एउटा चिट्ठी आएको रहेछ खोलेर पढे जहां बिहेको प्रस्ताब राखेको थियो । अनि लेखेको थियो श्याम म तपाईबिना यो जीबनको घुम्तीका मोडहरुलाई छिचोल्दै अगि बढ्न सक्दिन, तपाईंको साथ अपरिहार्य छ मेरो जिबनमा ।मैले कल्ले लेखेछ यो चिठी भनेर चिठीको पछाडीपट्टी हेरेको त रगतले लेखेको रहेछ उहि तपाईंको कुमारी, केवल तपाईंको कुमारी । अब म फसादमा परे किनकी मैले उनिलाई देखेको दिनबाट नै मन पराएको थिए तर उनि असाध्यै राम्री अनि अति ट्यालेन्ट भएकोले मैले मन पराए पनि मलाई उनले मन पराउथिन भन्ने सोचेर बसेको थिए अनि यसै बिचमा मेरो साथी राज, जो मेरो काका पनि पर्छ उसलाई चिनजान गराएको थिए अनि उसले उनिलाई प्रेम प्रस्ताब सम्म राख्न भ्याएको थियो ।अब मन परेको केटी बिहे गर्दिन मन पराउदिन भनौ कसरी, बिहे गर्छु भनौ भने यता अर्को साथिसँग भिलेन खेले जस्तो हुने म निकै सोचाइमा परे । अनि मैले सोचे प्रेम त म पनि गर्छु उनिलाई तर प्रेम भनेको त उनिलाई खुशी बनाउनु, जीबनभर सुखी बनाउनु हो । मसँग उनि आइन भने म उनिलाई सुख दिन सक्दिन किनकी मसँग जागिर छैन, पैसा छैन तर मैले उनिलाई बिहे गरिन भने उनले अवश्य पनि राम्रो केटासँग बिहे गर्न पाउछे भन्ने सोच राखेर मैले उनिलाई भुल्ने कोसिस गरे । यत्तिकैमा फेरी अर्को चिठी आयो श्याम मलाई थाहा छ तपाईले मेरो पत्र पाएर पनि जवाफ पठाउनु भएन ठिकै छ । म तपाइलाई नै कुरेर यो जीबन बिताउनेछु ।
फेरी सोचे, धेरै सोचे तर यो मनले मानेन किन कि उनको प्रेमलाई स्विकार्दा आफ्नो प्रेमलाई अमर बनाउछु भन्दा यता गाउंमा आफ्नो साथीसँग दुश्मनी हुन्छ भन्ने ठुलो डर लाग्यो मलाई उ सायद साथी मात्र भएको भए पनि म कुमारिलाई बिहे गर्न सक्थे तर उ मेरो काका पनि पर्ने भएकोले मैले कुमारीलाई आफुबाट टाढै जाओस भन्ठानेर कहिलै पनि जवाफ पठाइन उनिले लगातार चिठी कोरिरहे पनि अनि मेरो मनले उनिलाई अथाह चाहे पनि ।यत्तिकैमा मैले ग्राजुएसन गरे अनि गाउको घर सदालाई छोडे जागिरको सिलसिलामा, थाहा छैन आजकाल उनिले मलाई चिठी लेख्छिन कि लेख्दिनन । उनि मलाई सम्झन्छिन कि सम्झिन्नन । तर म उनैलाई पल पल सम्झिरहन्छु एक मात्र प्रेमी अमर प्रेमी मानेर । तर मलाई उनलाई सम्झनु सिवाय केहि छैन अहिले किनकी उनको ठेगाना, ईमेल, फोन नम्बर केहि थाहा छैन मलाई । यसरी नै मेरो प्रेमले अंकुराउन नपाउदै निमठिनु पर्यो साथीको नाममा, काकाको मानमा । यस्तो कसैको प्रेम नहोस जसले चाहेर पनि स्विकार्न नसकोस,अनि तडपिएर जिउन परोस।***