Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
काठमाडौ – लोक सेवा आयोगले पद र दरबन्दी नै नभएको ‘फरेस्टर’ का लागि भर्ना खुलाएको छ ।
आयोगका मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेत, सगरमाथा अञ्चल कार्यालय दिक्तेल, लुम्बिनी अञ्चल कार्यालय बुटवल र महाकाली अञ्चल कार्यालय महेन्द्रनगरले ‘फरेस्टर’ पदका लागि बुधबार भर्ना खुलाएको हो । देशभर करिब १५ सय वन रक्षक रिक्त भए पनि आयोगले पदै नभएको फरेस्टरका लागि आह्वान गरेको हो ।
वन अन्तर्गत नासुसरहको रेन्जर, मुखियासरहको वन कार्य सहायक -वकास) र खरिदार -प्रशासन) मा पद भए पनि ‘फरेस्टर’ भन्ने पद अहिलेसम्म सिर्जना नै गरिएको छैन । आयोगले एसएलसी वा सो सरहको योग्यता भएकालाई लक्षित गरेर बुधबार ३० जना ‘फरेस्टर’ का लागि सार्वजनिक सूचनामार्फत भर्ना आह्वान गरेको थियो ।
जानकारहरूका अनुसार २०२८ सालदेखि २०५० सम्म ‘फरेस्टर’ पद भए पनि त्यसपछि खारेज भएको छ । त्यतिबेलाका सबै फरेस्टरलाई वन तालिम दिएर रेन्जरमा बढुवा गरिएको वन विभागका एक अधिकारीले बताए । पदै खारेज भइसकेकाले खुल्लाबाट सीधै ‘फरेस्टर’ भर्ना गर्न नमिल्ने जानकारहरू बताउँछन् ।
वन विभागको कार्यविधि निर्देशिका २०६१ मा समेत ‘फरेस्टर’ पद उल्लेख छैन । महानिर्देशक, उपमहानिर्देशक, क्षेत्रीय निर्देशक, क्षेत्रीय उपनिर्देशक हुँदै रेन्जर, वन कार्य सहायक (वकास), वन रक्षक र कार्यालय सहयोगीबारे निर्देशिकामा उल्लेख भए पनि ‘फरेस्टर’ पद र उसको ‘टीओआर’ उल्लेख छैन ।
आयोगले खुला, महिला, मधेसी, आदिवासी/जनजाति र आप्रकोटाबाट ३० जना फरेस्टर भर्नाका लागि बुधबार सार्वजनिक सूचना जारी गरेको हो । वन विभाग र मन्त्रालयसँग समन्वय गरेर भर्ना आह्वान गर्नुपर्ने भए पनि आयोगले प्रक्रिया पूरा नगरेको मन्त्रालयका एक अधिकारीले बताए । विभागका एक अधिकारीले आयोगले फरेस्टर पदमा भर्नाबारे समन्वय नगरेको बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया