मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्व अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरेको विरोधमा नेकपा-माओवादीसहितका साना दलले नेपाल बन्दको घोषणा गरेका छन् ।
दलीय व्यवस्था अन्त्य गर्ने मनसायले चार दलले गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गरेको विरोधमा बिहीबार मध्यान्ह १२ बजेदेखि नेपाल बन्द आव्हान गरेको नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले जानकारी दिए । रेग्मीले सपथ खाइरहँदा नेकपा-माओवादीसहितका साना २२ दलले शीतल निवासमा नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
सपथ लगत्तै माओवादी विद्यार्थी संगठनले राजधानीमा पनि प्रदर्शन शुरू गरेको थियो ।

तपाईको प्रतिक्रिया