मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024
jungleचितवन – सोमेश्वर सामुदायिक वनमा अमि्रसो काट्न गएका चितवन बघौडा- ४ शीतलपुरका ११ जना २४ घन्टापछि परिवारको सम्र्पकमा आएका छन् ।
अम्रिसो काट्ने क्रममा भारतको पश्चिम चम्पारण पुगेका आफूहरू बाटो बिराएपछि रातभर जगङ्लमै बसेको हराएकीमध्येकी एक विष्णुमाया पौडेलले बताए ।
सोमेश्वर जङ्गलको सुत्केरी डाँडा भन्ने ठाउँमा पुग्दै गर्दा अम्रिसो काट्न गएकाहरू फर्कर्दै गर्दा भेटिएका थिए । उनीहरूले प्रयोग गर्नेगरेको मोबाइल स्वीच अफ भई सम्पर्कमा नआउँदा भारतीय सीमा सुरक्षाबल एसएसबीका जवानहरूले उनीहरूलाई नियन्त्रणमा लिएको हुनसक्ने आशङ्का गरिएको थियो ।
हिजो बिहान ८ बजे शीतलपुरका विष्णुमाया पौडेल, जानुका भुजेल, शर्मिला भुजेल, बालकुमारी भुजेल, सीता भुजेल, तुलसी भुजेल, गोमा भुजेल, सावित्री नेपाली, धनकुमारी भुजेल, रामबहादुर भुजेल र जीवनाथ नेपाली अम्रिसो काट्न जंगल गएका थिए ।
तपाईको प्रतिक्रिया