बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
काठमाडौं – मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले सञ्चार माध्यमका लागि तर्जुमा गरिएको समानुपातिक विज्ञापन निर्देशिका पारित गरेको छ ।  
बैठकपछि सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले पत्रकारहरूलाई दिनुभएको जानकारीअनुसार अब छापा तथा विद्युतीय सञ्चार माध्यमले समानुपातिक नीतिबमोजिम विज्ञापन पाउने छ ।
बैठकले सुनसरी जिल्लामा केही समयअघि हात्तीको आक्रमणबाट मारिएकी एक महिलाको परिवारलाई रु तीन लाख क्षतिपूर्ति दिने,  वन्यजन्तुबाट हुने मानवीय क्षति व्यवस्थापनका लागि निर्देशिका पारित गर्ने र त्यस्तो क्षति कम गर्न कोसीटप्पु वन्यजन्तु आरक्षलाई तारबार गर्न रु २५ लाख निकासा गर्ने निर्णय गरेको छ ।
यसैगरी गृह मन्त्रालयअन्तर्गत महोत्तरीको गौशालामा एकीकृत सेवा केन्द्रको स्थापना र त्यसको साङ्गठनिक संरचनालाई स्वीकृत गर्दै बैठकले कुल दरबन्दी छजनाबाट बढाएर १२ बनाउने निर्णय गरेको छ ।
मन्त्री यादवले शिक्षामन्त्री दीनानाथ शर्मालाई भारतको नयाँदिल्लीमा हुने एक कार्यक्रममा जान स्वीकृत दिने निर्णय गरेको पनि बताउनुभयो ।
यस्तै मकवानपुरको कमाने-लक्ष्मीपुर ३३ केभी प्रसारण लाइन आयोजनाका लागि आवश्यक वन क्षेत्र उपलब्ध गराउन र त्यहाँ पर्ने रुख कटानको अनुमति दिने, रानी-जमरा-गुलरिला सिँचाइ आयोजनाको मूल नहर र फिडर नहर बनाउन आवश्यक वन क्षेत्रका जग्गा उपलब्ध गराउने र रुखहरू हटाउने निर्णय पनि सरकारले गरेको छ ।
बैठकले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन आगामी दुई वर्षको लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने, दोस्रो महिला साफ फुटबल प्रतियोतियामा दोस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई प्रतिखेलाडी रु ५० हजार र सो खेलको टोलीलाई रु १२ लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।
यसैगरी आठौं एसियाली उसु प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने खेलाडी झरना गुरुङ्लाई रु एक लाख नगर पुरस्कार दिने निर्णय सरकारबाट भएको छ ।
र्सार्वजनिक सेवामा स्वदेशी वस्तुको प्रयोगका लागि नीतिगत निर्ण्र्ाागर्न थप छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक पर्ूवाधार  समितिमा पठाउने र एसियाली विकास बैंकबाट ‘दक्षिण एसिया उपक्षेत्रीय सहकारी व्यापारिक सहजीकरण’ कार्यक्रमका लागि उपलब्ध गराइने रु १ अर्ब ३६ करोड ३० लाख अनुदान स्वीकार गर्ने निर्ण्र्ाासरकारबाट भएको पनि मन्त्री यादवले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया