Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

Iku Film Image 1दुबई – नेपाल टेलिभिजनमा प्रशारण हुने मेरी बास्सैमा आउने लोकप्रिय फिल्म “ईकु” को भाग २ विविध सांस्कृतिक कार्यक्रमका साथ प्रदर्शन गरेका छन् । सो सांस्कृतिक कार्यक्रम तथा फिल्मको प्रदर्शन गत २५ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा गरेको हो ।

अतिथि कलाकार सुलेमान शंकरको प्रमुख आतिथ्यता, विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरु अतिथि रहेको सांस्कृतिक कार्यक्रम तथा फिल्मको प्रदर्शनलाई दुबई चरणमा विभाजित गरिएको थियो । जसमा पहिलो चरणको सांस्कृतिक कार्यक्रमलाई स्थानीय चर्चित मोडल आशिष पुरुषले संचालन गरेको थियो ।

पहिलो चरणको सांस्कृतिक कार्यक्रम अन्तर्गत “जाग लम्क चम्क हे नेपाली” भन्ने राष्ट्रिय गीतमा कुशल र रविनको नृत्य निकै सान्धर्भिक लाग्दथ्यो भने “सिम्पल सिम्पल कान्छीको डिम्पल जस्तो गाला” गीतमा रविन र त्रृश्न लामाको युगल जोडीको नृत्यले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएको थियो । त्यस्तैगरी “यहां पिउने र पिलाउनेको क्या बदनामी भो” खेमराज घिमिरेद्धारा गाएको गीतमा सबै जना झुमेको जस्तै देखिन्थ्यो । अतिथि कलाकार सुलेमान शंकरको हांस्य व्यङ्गका प्रस्तुतिहरु पनि रमाइलो भएको थियो ।

सुलेमान शंकरद्धारा निर्मित “ईकु” मा आफै निर्माता सुलेमान शंकरले एउटा जंगली जीवन शैलीमा बिताएका
मनुष्यको भूमिका निर्वाह गरेका छन् । जंगलको बिचौबीचमा आफ्नो बस्ती बनाएर बसेका राउतेहरुको जीवन शैलीहरुमा आधारित फिल्मले एक्काइसौ शताप्दीमा परिवर्तन भएको सहरी जीवन र जंगलको जीवनी शैलीको भिन्ततालाई दर्शाएको पाइन्छ ।

आगामी १ फेब्रुअरी शुक्रबारका दिन युएईको राजधानी अबुधावीको केरला सोसियल सेन्टरमा पनि यस्तैगरी विविध सांस्कृतिक कार्यक्रमका साथ “ईकु” भाग २ प्रदर्शन हुने भएको छ । सो अवसरमा पनि यएईमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारको आधारमा उपस्थित हुनको लागि आग्रह समेत गरेको छ ।Iku Film Image 5 Iku Film Image 2 Iku Film Image 3 Iku Film Image 4

 

तपाईको प्रतिक्रिया