Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो -गायकद्वय खेमराज गुरुङ र ईश्वर गुरुङले आइतवार ओसाकामा लाइभ कन्सर्ट गरेका छन् ।

ओसाकामा रहेका समाजसेवी तथा ब्यवसायी नेपालीहरुको सक्रियतामा उक्त कार्यक्रमको तय भएको हाम्रा समुद्रपारिका सहकर्मी तुल्सीराम खरेलले बताउनुभएको छ ।

गायक खेमराज गुरुङ तमु धीं जापानद्वारा यहि जनवरी २ तारिखका दिन टोकियोमा आयोजित ल्होसार कार्यक्रमका लागि जापान आएका हुन् । गायक खेमराजसंगै नमस्ते ब्याण्डका चर्चित गायक ईश्वर गुरुङ पनि ओसाकाको साँगीतिक प्रस्तुतीमा संलग्न थिए । Osaka 4

ओसाकामा रहेका ब्यवसायी, समाजसेवी, बिद्यार्थी, रोजगाररत नेपालीहरुको झण्डै ६० भन्दा बढि नेपालीहरुको उपस्थितिमा साँगीतिक कार्यक्रम भएको हो । कार्यक्रममा नेपाललाई माया गर्ने जापानीहरुको पनि बाक्लो उपस्थिति रहेको बताईएको छ ।

उपस्थित नेपालीहरु गायकद्वयको साँगीतिक माहौलमा झुमेका थिए । सो कार्यक्रम राती अबेरसम्म चलेको थियो । ***Osaka 1Osaka 5Osaka 6Osaka 2

 

 

 

Osaka 7

तपाईको प्रतिक्रिया