सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
cross_248लहान- एक युवतीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ।
लहानबाट ९ किलोमिटर पश्चिम धनगडी गाविस -९ मा सोमबार साँझ सोही ठाउँका दुई युवकले साह थरकी एक युवतीमाथि सामुहिक बलात्कार गरेको घटना मंगलबार बिहान सार्वजनिक भएको छ।
वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले भने-  सोमबार साँझ युवतीमाथि सामुहिक बलात्कार भएको सुचना आएपछि प्रहरी टोली घटनास्थल पठाएका थियौं ।
उनको स्वास्थ्य परिक्षणका लागि आज सगरमाथा अञ्चल अस्पताल राजविराज लगिँदैछ।

तपाईको प्रतिक्रिया