सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
China Japanबेइजिङ– चीनका ८० प्रतिशत जनताले आफ्नो मुलुक अझै पनि विश्वशक्ति भएको नठानेको हालै गरिएको एक सर्वेक्षण देखिएको भनी ग्लोबल टाइम्स दैनिकले सोमबार समाचार प्रकाशन गरेको छ ।
यस सर्वेक्षणमा भाग लिने आधाभन्दा बढी वासिङ्टनसँगको बेइजिङको सम्बन्धप्रति सकारात्मक रहेको र टोकियोसँगको सम्बन्धप्रति भने नकारात्मक रहेको देखिएको छ ।
सर्वेक्षणमा भाग लिने ८२.३ प्रतिशतले चीनले विश्वशक्तिको स्तर प्राप्त गर्न बाँकी नै रहेको बताएका छन् ।
सत्ताधारी कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहेको ग्लोबल टाइम्सले उक्त सर्वेक्षण ग्लोबल पोल सेन्टरले गरेको उल्लेख गरेको छ ।
सर्वेक्षण टेलिफोन तथा इन्टरनेटमा गरिएको र यसमा बेइजिङ तथा साङघाइसहित सात सहरका १५ वर्षमाथिका एक हजार ४०४ व्यक्तिले भाग लिएको बताइएको छ ।
सार्वजनिक अभिमत सर्वेक्षणलाई कम्युनिस्ट पार्टीले पश्चिमी शैलीको प्रजातन्त्र ठान्ने गरेको छ र यस्तो कार्य निकै कम हुनेगर्छ ।
सर्वेक्षणमा भाग लिने ५४ प्रतिशतले चीन विश्वशक्ति बन्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् भने ५३ प्रतिशत अमेरिका तथा चीनसँगको सम्बन्धमा सकारात्मक देखिएका छन् ।

तपाईको प्रतिक्रिया