सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
upendra_yadavजनकपुरधाम- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले कदम चाल्नुपर्ने बताउनुभएको छ ।
दलहरुबीच सहमति हुने सम्भावना न्युन रहेकोले राष्टिूपतिले आवश्यक कदम चाल्नु पर्ने यादवको भनाई छ ।
मधेशी पत्रकार समाज धनुषाले जनकपुरधाममा गरेको कार्यक्रममा अध्यक्ष यादवले राष्ट्रपतिले दलहरुलाई पटक पटक समय थप गरेपनि दलहरु गम्भीर नभएका कारण अब कडा कदम चाल्नु पर्ने तर्क गर्नुभयो ।
एकीकृत नेकपा माओवादी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारो जस्तै आफ्ना धारणा र प्रस्ताव फेर्ने गरेकोले समस्या झनै बल्झेको यादवको भनाई छ ।
यादवले अहिलेको सरकार पुर्ण रुपमा असफल भईसकेको र उसकै नेतृत्वमा कहिल्यै चुनाव हुन नसक्ने भएकाले यो सरकारको विगठन गरि चुनावी सरकार बनाउनु पर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकार पुर्ण रुपमा असंवैधानिक र असफल भईसकेको र यस सरकारकै नेतृत्वमा संविधानसभाको अवशान भएको र यसै सरकारले  मंसिर ७ मा निर्वाचन गर्ने घोषणा गरेअनुसार सो समयमा पनि निर्वाचन हुन नसकेको कारण सरकारको औचित्य नरहेको उहाँको दावी थियो ।

तपाईको प्रतिक्रिया