सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

prachanada wifeकाठमाडौं–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्‍नी सीतासहित सोमबार थाइल्यान्डको राजधानी बैंकक गएका छन्।
पत्‍नी सीताको उपचारका लागि दाहाल थाइल्यान्ड गएका उनका स्वकीय सचिव शिव खकुरेले जानकारी दिए ।
थाइ एयरवेजबाट गएका उनको भ्रमणमा कुनै राजनीतिक भेटघाट नहुने बताइएको छ।
दाहालले आगामी माघमा हुने भनिएको सातौं महाधिवेशनको दस्तावेज लेख्दै गर्दै समय निकालेर पत्‍नीको उपचारका लागि गएका हुन् ।

तपाईको प्रतिक्रिया