Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई – लगभग २ लाख २० हजार नेपाली कामदारहरु रहेको युर्एइको मुख्य सहर दुबईमा नेपालकै इतिहासमा पहिलोपटक अन्तन्तर्राष्ट्रिय स्तरको राष्ट्रको सर्बश्रेष्ठ दोस्रो बक्स अफिस फिल्म अवार्ड २०६९ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । बक्स अफिस फिल्मी क्लव नेपाल र सनहिल्स सिनेमा प्रोडक्सन एलएलसी दुबईको संयुक्त आयोजनामा हिजो शुक्रबारका दिन दुबईको अल नासर लिसरल्याण्डमा गरेको हो ।

नेपाली राजदूत धनञ्जय झा प्रमुख अतिथि रहेको कार्यक्रममा सनहिल्स सिनेमा प्रोडक्सन एलएलसी दुबईका डाइरेक्टर सूर्य अधिकारीको शुभकामना मन्तव्य रहेको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा स्थानीय लोकल अरवी, स्थानीय पत्रकार, स्पोन्सर, फिल्मी हस्ती र नेपालबाट आएका विभिन्न मिडियाका पत्रकारहरु रहेका थिए । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणमा स्थानीय कलाकारहरुको प्रस्तुतिलाई निमेश गिरीले सञ्चालन गरेका थिए भने दोस्रो चरण फिल्म अवार्ड कार्यक्रमलाई नरेश भट्टराईले सञ्चालन गरेका थिए ।

३१ औं बिधामा रहेको अवार्डमध्ये लाइफ टाईम अचिपमेन्ट अवार्ड भने नायक शिव श्रेष्ठले हासिल गरेका छन् । त्यस्तैगरी ध्वनीमा फस्ट लवको लागि माधव वाग्ले, गायकमा कस्ले चोर्‍यो मेरो मनको लागि दीपक लिम्बु, गायिकामा अञ्जु पन्त, पार्श्व संगीतमा बाटोमुनिको फुलको लागि गोपाल रसाई, गीतकारमा कस्ले चोर्‍यो मेरो मनको लागि नविन खरेल, संगीतमा कस्ले चोर्‍यो मेरो मनको लागि सुरेश अधिकारी, सम्पादनमा बाटो मुनिको फुलको लागि विपीन मल्ल, र्सवश्रेष्ठ कथामा दशगजाको लागि नवल खड्का, छायाङ्कनमा व्याच नं. १६ को लागि पुरुषोत्तम, बाल कलाकारमा श्रीमानको लागि संगम बिष्ट, खलनायकको लागि धिरेन शाक्य, हांस्य कलाकारको लागि जयकिशन बस्नेत, चरित्र अभिनेताको लागि निर शाह, बिशेषमध्ये चरित्र अभिनेत्रीमा दशगजाको लागि सुभद्रा अधिकारी, सहनायकको लागि कर्म शाक्य, नवनायकमा बाटोमुनिको फुलको लागि यशकुमार, सहनायिकाको लागि निशा अधिकारी, महत्वपपूर्ण च्वाइसमध्ये सर्वोत्कृष्ट निर्देशकको लागि तुलसी घिमिरे, सर्वोत्कृष्ट नायकको लागि राजेश हमाल, सर्वोत्कृष्ट नायिकाको लागि रेखा थापा, सर्वोत्कृष्ट फिल्मको लागि फस्ट लव, सर्वोत्कृष्ट निर्माताको लागि छवि ओझा, बिशेष अवार्डको लागि माधव वाग्ले, सिनेमा हलको लागि गोपाल काष्ट, निर्माण नियन्त्रणको लागि बुद्धिलाल मगर, पत्रकारिताको लागि बाबु, भिसिडीको लागि विजय गोपाल, पोस्टर डिजाइनरको लागि सुजनराज बानिया, सर्वोत्कृष्ट नवनायिकाको लागि ऋृचा शर्मा, नवनिर्देशकको लागि सविर श्रेष्ठ र उत्कृष्ट निर्देशकको लागि सुरेश सुब्बा रहेका छन् । बिशेष सम्मान-पत्र पाउनेमा सुमन सिंह, भुवन केसी, मोहनकृष्ण श्रेष्ठ, तिरन्त मानन्धर, मधुकुमार श्रेष्ठ र सुनिल मानन्धर थिए । त्यस्तैगरी सर्वोत्कृष्ट नायिकाको लागि रेखा थापा, सर्वोत्कृष्ट नायकको लागि आर्यान सिग्देल र सर्वोत्कृष्ट चलचित्रको लागि बाटोमुनिको फुलले हासिल गरेको छ ।

पहिलो चरणका स्थानीय कलाकारहरुको प्रस्तुतिहरु सेलाउन नपाउँदै दोस्रो चरणमा नेपालबाट आएका अतिथि कलाकारहरुको प्रस्तुतिले निकै तताए । निशा सुनुवारको गीत चक्कु छुरी लगत्तै नौनी-नौनी गीतको बोलमा पूजना स्त्रीको नृत्यले हल्का चिसोमा बसेका दर्शकलाई गर्मीमा परिवर्तन गरिदिए । शंकर बिसी र भावना ढकालको नृत्यमा दर्शकले सिटी बजाएर मजा लिए । लोक दोहोरी क्षेत्रका चर्चित गायिका मुना थापाको गीत तिते करेलीलाई पनि दर्शकले मन पराए । प्रकाश पौडेलको गीत आमा मलाई त्यही केटी चाहिन्छ र तिते पाती झ्याप तिते पाती झ्यापले पेट मिची मिची हसाउनमा सफलता पाए । लोक दोहोरीका पारखी राम जी खांडको गीत आँखा लोभी मन पापीले पनि थप मनोरञ्जन दिएको थियो । सुमन सिंह र रेखा थापाको युगल जोडी नृत्यलाई पनि सबैले मन पराए । फिल्मको पर्दामा सँधै हसाउँने जयकिशन बस्नेतको नृत्यलाई सबैले नौलोको रुपमा लिए ।

अवार्ड कार्यक्रममा खासै मन्तव्यहरु त थिएनन् । केवल आफ्नो बिचारहरु मात्र राखेका थिए | ४७ बर्ष इतिहास बोकेको नेपाली फिल्म उद्योगका हस्तीहरुले दुबईमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरका फिल्म अवार्ड कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी जाहेर गरे । राजदूत धनञ्जय झा पनि कार्यक्रमको अन्तिम समयसम्म बसेर आफ्नो कार्यकालमा दुबईमा फिल्म अवार्ड कार्यक्रम भएकोमा गौरव लागेको बताए । कार्यक्रममा सहयोग तथा नेपालबाट आएका अन्य कलाकारहरुलाई पनि सम्मान-पत्र प्रदान गरिएको थियो । ***







तपाईको प्रतिक्रिया