Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

दुबई – बक्स अफिस फिल्मी क्लव नेपाल र सनहिल्स सिनेमा प्रोडक्शन एलएलसी दुबईको संयुक्त आयोजनामा आगामी ७ डिसेम्बर २०१२ शुक्रबारका दिन युएर्इको मुटु मानिने सहर दुबईस्थित अल नासर लिसरल्याण्डको बिशाल हलमा नेपालकै इतिहासमा पहिलोपटक अन्तररराष्ट्रिय स्तरको राष्ट्रको सर्बश्रेष्ठ दोस्रो बक्स अफिस फिल्म अवार्ड २०६९ कार्यक्रम सम्पन्न हुने भएको छ ।

उक्त अवार्ड कार्यक्रम अन्तर्गत उत्कृष्ट निर्माता, निर्देशक, नायक, नायिका, गायक, गायिका र हांस्य कलाकार आदिलाई अवार्ड वितरण गरिने छ भने नेपाली चलचित्र जगतका चर्चित नायक, नायिका, गायक गायिका र अन्य कलाकारहरुद्वारा विविध रंगारंग सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने भएको छ ।

यसभन्दा पहिला पहिलो बक्स अफिस फिल्म अवार्ड कार्यक्रम काठमाडौंको दशरथ रंगशालामा सम्पन्न भएको थियो । यसपटक भने युएर्इमा कार्यरत प्रवासी नेपालीहरुको बढ्दो मागलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चलचित्रलाई चिनाउने हेतुले दुबईमा आयोजना गर्न लागेको हो ।

यस अवार्ड २०६९ कार्यक्रममा भाग लिनका लागि नेपालबाट ४० जनाको टिम दुबईमा आउने भएको छ । जस्मा फिल्मी हस्तीहरुमा निर्माता निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, सुपर स्टार भुवन केसी, सदावहार नायक शिव श्रेष्ठ, अहिलेका चर्चित नायक सुमन सिंह, आर्यान सिक्देल, जयकिशन बस्नेत, नायिका रेखा थापा, सोनिया केसी, निशा अधिकारी, पूजना प्रधान, निशा सुनुवार, रिचा शर्मा, गायक राजेशपायल राई, रामजी खांड, दीपक लिम्बु, प्रकाश पौडेल, मुना थापा मगर, हांस्य कलाकार दीपकराज गिरी, नरेश भट्टराई र उत्तम गौडेल आदि कलाकारहरु रहेका छन् ।

दुबई सहर नेपाली नायक नायिकाहरुको लागि खासै नौलो हैन, कतिपय कलाकारहरु त तीन-तीन पटकसम्म पनि आइसकेका छन् । तर, कुनै कलाकारहरु भने पहिलोपटक आउंदै हुन् । यति ठूलो संख्यामा ४० जनाको टोली पहिलोपटक आउने भएकोले युर्एइका नेपाली दर्शकहरु पनि निकै उत्साहितमा देखिन्छन् । यस अवार्ड कार्यक्रमबाट खाडी मुलुकहरुमा नेपाली चलचित्र जगतको राम्रो छवि रहने जनाइएको छ ।

कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागि आयोजकहरु व्यवस्थापनमा लागिपरेको समाजसेवी तथा व्यावसायी विदुर रावतले जानकारी दिएको छ । यसै समाचारलाई आधार मानेर सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भई भव्यरुपमा सफल पार्नको लागि आग्रह समेत गरेको छ । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया