Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन्। सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो। भोलि मंगलबार सार्वजनिक बिदा परेकोले बुधबार (पर्सि) अदालतमा पेस गर्न इजलासले आदेश दिएको छ ।

सोमबार सरकारी वकिल कार्यालयका ११ वकिलहरूले बहस गरे। सरकारी वकिल र जाहेरवालाका तर्फबाट बहस सकिए पनि लामिछानेका वकिलले भने बहस गर्न बाँकी छ। बुधबार पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त र रमन श्रेष्ठले लामिछानेको तर्फबाट बहस गर्नेछन्। सरकारी वकिलहरूले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका छन्। सरकारी वकिलहरूले लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको पर्याप्त प्रमाण रहेको दाबी गर्दै उनलाई थुनामा राखेर आवश्यक अनुसन्धान पूरा गर्नुपर्नेमा जोड दिएका छन्। उनलाई छाडियो भने सहकारीमा पैसा राख्नेको अधिकारमाथि अन्याय हुने उनीहरुको भनाई छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ। यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा पुस २५ गते कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गरेको थियो।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया