Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले संस्थाका संस्थापक अनुराधा कोइराला र अन्य पदाधिकारीसँग चेलिबेटी बेचबिखनविरुद्ध भइरहेका गतिविधिबारे छलफल गरेका छन्। उनले माइती नेपालले गरिरहेको कामलाई सरकारको सहायक भूमिका भएको बताउँदै संस्थाका प्रयासको प्रशंसा गरे। साथै, उनले अवलोकनका क्रममा देखा परेका समस्या समाधानका लागि सरकार गम्भीरताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

भ्रमणका क्रममा प्रधानमन्त्रीले महिला उद्धार गरी पुनःस्थापना गरिने गृह, बाल संरक्षण केन्द्र, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी लगायतका स्थानहरुको निरीक्षण गरे। यस क्रममा उनले प्रभावित महिला र बालबालिकासँग भेटघाट गरेका छन्। प्रधानमन्त्रीले सरकारका जिम्मेवारीसँगै यस्ता सामाजिक संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै त्यस्ता कार्यलाई निरन्तरता दिन आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाएका छन्।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया