Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

अटवा –  यहि नोभेम्बर २४ तारिख शनिवारका दिन क्यानडाको राजधानी अटवामा विभिन्न कार्यक्रमकासाथ देवकोटा जयन्ति मनाईयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अटवाको आयोजनामा सम्पन्न उक्तकार्यक्रममा नेपाली साहित्य र महाकवि देवकोटाको देनका विषयमा विभिन्न वक्ताहरूले आ-आफ्नो भनार्इहरू राख्नुभएको थियो । नेपाली साहित्यको आकाशमा कहिलै नअस्ताउने सूर्यका रूपमा स्थापित देवकोटाको वारेमा बिभिन्न व्यक्तिहरूवाट अनुसन्धान र सोध गरिएको भए पनि अझै वहांको यथार्थ पहिचान हुन नसकेको वक्ताहरुको भनाई थियो । अनुसन्धानमा लाग्नेहरू देवकोटाप्रति बढी अन्धभक्त भएर स्तुतिगान तर्फ अभिमुख हुनाले वास्तविकता ओझेलमा परेको कुरा वक्ता कमल कोइरालाले राख्नुभयो । देवकोटाका जीवनमा घटेका विभिन्न घटनाहरूलार्इ केलाउँदै, साहित्यकार केदारमान व्यथित, शंकर लामिछाने, भूपिशेरचन आदि साहित्यकार र देवकोटा विच भएका प्रसंगहरूलार्इ पनि श्री कोइरालाले रोचक शैलिमा प्रस्तुत गर्नुभयो ।

प्रमुख अतिथिको आशन ग्रहण गर्नुहुँदै साहित्यकार लक्ष्मीप्रसाद पौडेलले नेपाली साहित्यलार्इ उच्च बनाउनमा योगदान पुरयाउने देवकोटा र अन्य कविहरूको देनका बारेमा चर्चा गर्नुभयो । आदिकवि भानुभक्त आचार्य देखि राष्ट्रकवि माधव घिमिरे, जनकविकेशरी धर्मराज थापा आदि कविहरूको चर्चा गरिएको कविता वाचन गरेर सुनाउनुभयो । अरूलार्इ सम्मान गर्ने, आदर गर्ने हाम्रा संस्कार र परंपरालार्इ नयाँ पुस्ताले पनि जोगाएर लानुपर्ने कुरा श्री पौडेलले वताउनुभयो । भेटघाटका लागि क्यानडामा आएको अवसरमा यस प्रकारका साहित्यिक गतिविधिमा सरिक हुन पाउँदा सारै खुशिलागेको कुरा व्यक्त गर्नुभयो । नेपालमा विर्सदै गरेका संस्कृति र परम्परालार्इ विदेशमा बसेर अगाडि बढाएकोमा सबै सहभागिहरूलार्इ धन्यवाद पनि दिनुभयो । अर्का वक्ता शालिग्राम अर्यालले आफ्नो मन्तव्य राख्ने क्रममा जीवित श्रष्टालार्इ पहिचान गरी कदर गर्ने परम्पराको थालनी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलित गरी महाकवि देवकोटाको तस्विरमा अविर अर्पणका साथ नेपाली स्कुलका नानीहरूले नेपाली राष्ट्रगान गाएर कार्यक्रम शुरू गरिएको थियो । कार्यक्रममा नवराज सुवेदी, वैकुण्ठ पौडेल, किरण श्रेष्ठ, सगुन सेडार्इ, आरोह उप्रेती, कंचन गौतम, आयुषी रेग्मी, आशुतोष उप्रेती, डा. कृष्णहरि गौतम, डा. भरतमान श्रेष्ठ, सृष्टी खरेल, सुरेन उप्रेती, रेशमा दहाल, नविन सुवेदी, डा. जयराम सिंखडा आदि कविकवयत्रीले गजल, मुक्तक, कविता र गीत सुनाएका थिए । अनेसासका अध्यक्ष डा. गोविन्द दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सस्थाका कोषाध्यक्ष डा. बावुराम सेडार्इले संचालन गर्नुभएको थियो । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया