Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

दोहा –  नवोदित साहित्यिक मोवाईल वाचनालयको चौथो अधिवेशनको लागि कवि तथा आख्यानकार सरुभक्त कतार पुगेका छन् । भोलि शुक्रवार कतारको होमल्याण्ड रेष्टुरेन्टमा हुन गईरहेको अधिवेशनमा कवि सरुभक्तको एकल कविता वाचन पनि रहने छ । नेपाली साहित्याकाशमा पृथकधारमा कलम चलाउने साहित्यकार सरुभक्तको हालसम्म ३ दर्जन भन्दा माथिको संख्यामा आफ्ना कृतिहरु प्रकाशन भैसकेको छ । शुन्यवादी लेखक भनेर चिनिने कवि, उपन्यासकार तथा आख्यानकार सरुभक्त २०४० सालबाट नेपाली साहित्य दर्शन लगायत विविध विज्ञान कथाहरु, नाटक लेख्न निस्सिम मन पराउने कलम हुन् ।

निस्सारतावादी सोच भन्दा भिन्न सोच राखेर लेख्न मन पराउने सरुभक्त जीवन र जगतलाई सम्पूर्णत हो भनी ठान्ने गर्छन् । जीवन र जगतलाई कवि लेखकहरुले अहमवादी प्रणालीको रुपमा प्रयोग गर्ने गरेकोमा उनी विमती जनाउने आख्यानकार हुन् । दार्शनिक चक्षुले जीवन र जगतलाई उनी अहम मुक्त हुन नसकेको कुरामा ठोकुवा गर्दै अहम् युक्त हो भन्ने ठान्छन् । अहम् मुक्तीलाई बुद्धत्व प्राप्ती पनि नठानिहाल्ने कवि सरुभक्त बुद्धको बुद्धत्व अहम् चेतनाको ताज हो भन्छन् ।

शुन्यवादी लेखक कवि तथा उपन्यासकार सरुभक्तको पागलबस्ती, समयत्रासदी जस्ता उपन्यासहरु बहुचर्चित छन् । बर्तमान नेपाली साहित्यमा हावी भएको विकृति विसंगतीको बारेमा पनि चिरफार गर्ने र साहित्य कसरी पढ्ने ? कसरी बुझ्ने र कसरी लेख्ने भन्ने कुरोको बारेमा पनि आफुले उक्त कार्यक्रममा बताउनै पर्ने भएकोले सो सम्बन्धमा चर्चा परिचर्चाको साथै कार्यक्रममा उपस्थित हुनलाई कार्यक्रम आयोजकले यहि आउँदो शुक्रवार २३ तारिखको दिन ११.३० बजे सम्पूर्ण साहित्यानुरागीहरुलाई निमन्त्रणा गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया