Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

दुबई । नेपालीहरुको महान चाड तिहारको पावन अवसरमा युएइमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुले धुमधामका साथ देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । विदेशको भूमिमा आफ्नो मौलिक भाषा, रीतिरिवाज र चाड पर्वहरुलाई कायम राख्दै नेपाली सँस्कृतिको पनि उत्थान गर्ने उद्देश्यले नेपाली एकता समाज युएइले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

संकलिन रकमबाट युएइस्थित आपत विपतमा परेका प्रवासी नेपालीहरुको उद्धार तथा सहयोग गर्ने हेतुले देउसीभैलो कार्यक्रम गरिएको सो समाजले जनाएको छ ।

उक्त देउसी भैलो कार्यक्रम नेपाली एकता समाज युएइका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा गत १५ नोभेम्बर बिहीबार र १६ नोभेम्बर शुक्रबारका दिन दुबई, शारजाह, अबुधावी र अजमानमा गरी ४ वटा सहरमा खेलेको थियो । यस कार्यक्रममा दुबईमा आएको भर्खर १६ दिन मात्र भएको अनिता सापकोटाले विदेशमा आएर पनि तिहारको पर्वमा देउसी र भैलोको गीतमा रम्न पाउँदा नेपालमै रहेको अनुभूति भएको बताईन् भने दुबईमा आएको २ महिना भएको बसन्ता बन्जाडेले नेपाली दाजुभाईहरुसंग भेटघाट र नेपाली पसल र नेपाली रेष्टुरेण्टहरुमा जान पाउँदा सोचेभन्दा धेरै मनोरञ्जन भएको बताईन् ।

स्थानीय कलाकारहरुको प्रस्तुतिमा देउसी भैलोको गीतसंगै लोक भाकाका गीतले पनि कार्यक्रमलाई अझै तताएको थियो । लगभग ३० जनाको टोलीमा संस्थाको व्यानरसहित मादलको ताल, खैजेडीको झन्झनाहत, हारमोनियमको लय र बाँसुरीको मिठो धुनले स्वदेशमै रहेको अनुभूति दिलाएको थियो । त्यसमाथि पनि सेतो दौंरा र सुरुवालसंगै कम्बरमा रातो पटुकी कसी पाल्पाली ढाका टोपीमा सजिएका कलाकार डम्बर भण्डारीको नृत्यमा बसन्ता बन्जाडे र अनिता सापकोटाको साथले अझै सुनमा सुगन्ध थपेको थियो ।

दुबईस्थित याक एण्ड यति वार एण्ड नेपाली रेष्टुरेण्ट, नेपाली रेष्टुरेण्ट, सञ्जय गार्मेन्टस, सिल्वर स्पून नेपाली रेष्टुरेण्ट, काठमाडौं हाईल्याण्ड रेष्टुरेण्ट, बागलुङ सेवा समाज युएइका अध्यक्ष गोपाल कँडेल र शिवराज जैसीका साथीहरुको घरघरमा गएर २ दिने दिउसी भैलो खेलिएको थियो ।

यसैगरी भैलो टोली अबुधावीमा नेपाली राजदूतावास, हिमालयन रेष्टुरेण्ट, काठमाडौं रेष्टुरेण्ट र ग्रीन लाईन ट्राभल्स रहेका छन् भने शारजाहमा- फुड कोर्नर रेष्टुरेण्ट, नेपाली समाज युएइका अध्यक्ष कृष्ण ढकाल र बागलुङ सेवा समाज युएइका कोषाध्यक्ष पिताम्बर पाण्डेको घरमा पनि उनीहरुले देउसीभैलो खेलेका थिए ।

उक्त देउसीभैलो कार्यक्रमबाट ५ हजार दिराम संकलन भएको आयोजक समितिले जनाएको छ । ***


तपाईको प्रतिक्रिया