पोल्याण्ड – नेपाली भाषा कला र संस्कृतिको बिकास तथा प्रवर्द्धन गर्ने तथा नेपाली कलाकारहरुको हितका लागि संसारभरीका लेखक तथा कलाकारहरुलाई एकत्रित गर्दै अघि बढेको लेखक तथा कलाकारहरुको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society(INAS) को शाखा पोल्याण्डमा पनि गठन भएको छ । अनेकस (INAS) केन्द्रिय कमिटिका महासचिव मित्रलाल पार्दे संरक्षक तथा गैर आवासीय नेपाली संघ पोल्यान्डका वर्तमान अध्यक्ष तथा कला तथा संस्कृतिप्रेमी डा. वोधराज सुबेदी बिशेष सल्लाहाकार रहने गरी कलाकार लक्ष्मी सापकोटाको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिको उपध्यक्षद्वयमा पल लिम्बु र मेघमान जोशी, महासचिवमा श्रीकृष्ण न्यौपाने, मदन भट्टराई-सचिव, टिका बस्नेत – कोषाध्यक्षमा चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा सुजन निरौला, लक्ष्मी खरेल, कुमार दाहाल, कविता लामा, छवी बुढाथोकी रहनुभएको छ । यसौगरी संरक्षकमा मित्रलाल पार्दे, वरिष्ठ सल्लाहकार डा. वोधराज सुबेदी, सल्लाहकारमा रितु न्यौपाने र नरेश सापकोटा रहनुभएको छ ।
कलाकारहरुलाई सहयोग गर्ने र कला र संस्कृतिको बिकासका लागि संसारभरिका कलाकारहरुलाई एकजुट गराउदै लैजाने अभियान र उद्देश्य बोकेको अन्तर्राष्ट्रियस्तरको संस्थामा बसेर काम गर्न पाउंदा आफूलाई खुशी लागेको धारणा नवगठित अनेकस पोल्यान्ड शाखाकी अध्यक्ष लक्ष्मी सापकोटाले बताउनु भएको छ ।