युएइ–हिमालय रिमिट युएइको आयोजना तथा श्री पाथिभरा माउन्ट एभरेस्ट युवा क्लब युएईको बिशेष सहयोगमा दुबइको अल्कोज खेलामौदानमा “हिमालय रिमिट रनिङ कप भलिबल प्रतियोगिता”
हालै सम्पन्न भएको छ । यूएइमा रहेका नेपालीहरुको खेलकुदको गतिविधिलाई प्रोत्साहन गर्न तथा प्रवासी नेपाली खेलाडीहरुको प्रतिभा र क्षमताको विकास गर्दै लैजान सके खेलकूदलाई व्यवसायिक वनाउन सकिने कुरा युएइका लागि नेपाली दुतावासका राजदुत धनन्जय झाले बताउनुभयो ।
प्रमुख अतिथिको आसनबाट वोल्दै झाले स्वास्थ्यको लागि खेलकुद अति नै आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो । विशेषतः श्रमिक क्याम्प रहेको क्षेत्रहरुमा विदाको दिन तथा खाली समयमा श्रमिकहरु स्वास्थ्यमा असर गर्ने कमसल खालको रक्सी सेवन गरी ज्यानै जोखिममा पार्ने गरेको र उक्त खाली समयलाई सदुपयोग गरी यस्ता खालको जनचेतनात्मक खेलकुद कार्यक्रमको आयोजना गर्न पनि संघसंस्थाहरुलाई सल्लाह दिनुभयो ।
१४ टिमको सहभागीता रहेको उक्त खुल्ला भलिवल प्रतियोगिताको समापन कार्यक्रममा वोल्दै प्रतियोगिताको आयोजक प्रतिनिधि सुवोध राइले हिमाल रिमिटले यूएइमा रहेका नेपालीहरुलाई महान पर्व विजयादशमी, शुभ दीपावली तथा छट पर्वको अवसरमा मनोरन्जनात्मक खेलकुद प्रतियोगिताको आयोजना गरी एक सुत्रमा वाँध्न कार्यक्रमको आयोजना गरिएको कुरा प्रष्ट पार्नुभयो ।
यही नोभेम्वर ९ तारीक शुक्रवार भएको प्रतिस्पर्धात्मक एवं मैत्रिपर्ूण्ा फाइनल खेलमा चौधरी ग्रुप नेपाल यूएइले प्रथम र वाग्लुङ्ग सेवा समाज यूएइले दोस्रो स्थान हासिल गरेको थियो । प्रतियोगिताको पहिलो चरणको खेल भने नोभेम्वर २ तारीक सम्पन्न भएको थियो ।
प्रतियोगितामा प्रथम पुरस्कार यर्ूर्एइ दिराम १००१ सहित ट्रफी, दोस्रो पुरस्कार यर्ूर्एइ दिराम ५०१ ट्रफी तथा प्रमाणपत्र राखिएको थियो । प्रतियोगितामा वेस्ट प्लेयर चौधरी ग्रुपका विज्ञान चौधरीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।
माउण्ट एभरेष्ट युवा क्लवका अध्यक्ष शिव गुरुङ्गको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा वोल्दै आयोजक प्रतिनिधि कमल पराजुलीले हिमाल रिमिटले यर्ूर्एइमा यस्ता कार्यक्रमहरु भविष्यमा पनि गर्दै जाने कुराको जानकारी दिनुभयो । अन्य खेलप्रेमी संघसंस्थाहरुले पनि यस्ता गतिविधिमा साथ दिए नेपाल र नेपालीलाई प्रवासमा चिनाउने गतिलो माध्यम बन्न सक्ने कुरा राख्नुभएको थियो ।
उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरुलाई खादा ओर्ढाई स्वागत गरिएको थियो । सेमी फाइनलमा पुग्ने चारै टोलीका खेलाडीहरुलाई हिमालय रिमिट अंकित चार रंगका जर्सि उपहार दिइएको थियो ।
समापन कार्यक्रमको सञ्चालन कृष्ण पौडेल र महेन्द्र र्राईले गर्नुभएको थियो ।