यो प्रदेशमा,
मन थाम्न
दीदी बैनीहरूको संझनामा
अरुको ईन्द्रेणी टीका हेरेर
यो निधार आफू आफै कसरी चम्काउनु ?
र
हरेक बर्ष
यो मनलाई कसरी संझाउनु ?
लौ न,
ए दिदीबैनीहरु
दाजुभाइहरुलाई
यसपाली त मायाको धागोमा
गोदाबरि, मखमली, सयपत्री
र थरीथरी फूलहरुका माला उन्ने
मात्र तिम्रो हात पठाई देऊ
र
रंगीन टिकामा निरन्तर जीवन फूल्ने
शुभआशिरबादका खात पठाई देउ
त्यतिले कहा पुग्छ र ?
सकेसम्म औशीको रातमा
भैलीनी नाच्दै गाउदै
यो प्रदेशकोघर आगनमा
मात्र हर्षमा,
मात्र हर्षको
सुख, संबृद्दी, आरोग्यताको
प्रसाद पठाई देऊ !
र
त्यसैमा
मन,
तन भिज्ने
तिम्रो मायाको
नटुङ्गीने …