भर्जिनिया – अमेरिकाको पोरर्टल्याण्डमा हालै तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो सम्मेल सम्पन्न भएको छ । अमेरिकाको पोरर्टल्याण्डमा सम्पन्न सो सम्मेलनले नेपालमा तेक्वान्दो खेलको विकासका लागि तीन वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
इन्टु विदेशमा रहेका नेपालका पूर्व तेक्वान्दो खेलाडीले सन् २००५ मा स्थापना गरेको संस्था हो ।इन्टुको सम्मेलनले आगामी ओलम्पिक र विश्व च्याम्पियनमा पदक जित्ने गरि तेक्वान्दो खेलाडी तयार पार्न प्रशिक्षणको विशेष योजना घोषणा गरेको छ ।यो घोषणाअनुसार नेपाल तेक्वान्दो संघ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटिको सहकार्यमा चार जना खेलाडी छनोट गरि उनीहरुलाई दीर्घकालिन प्रशिक्षणमा राखिने छ । यसरी प्रशिक्षणमा रहेका खेलाडीलाई मासिक १५ देखि २० हजार सम्म मासिक भत्ता प्रदान गरिने छ । त्यसका लागि इन्टुले कोष नै स्थापना गर्ने छ । सो कोषमा संस्थाका सदस्यका साथै विदेशमा रहेका अन्य नेपालीबाट सहयोग संकलन गरिने छ ।
यस्तै विदेशमा रहेका नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि खेल्न पाउने ब्यवस्था गर्न सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय पनि सम्मेलनले गरेको छ । अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो संघ (इन्टु) का महासचिव कुमार कार्कीले विदेशमा रहेका र क्षमता भएका खेलाडीले खेल्न अहिलेको अवस्थामा असम्भव जस्तै भएकाले त्यो ब्यवस्था फेर्नुपर्ने बताउनु भयो । उहांले यसका लागि नेपाल ओलम्पिक कमिटी, तेक्वान्दो सघ, राष्ट्रिय खेलकुद परिषद र सरकारसंग अपिल गरिने बताउनुभयो ।
विदेशमा रहेका खेलाडी पनि क्षमतावान छन् । उनीहरुलाई नेपालमा हुने छनोट प्रतियोगतिमा भाग लिन दिनुपर्छ, त्यसो भएमा नेपाली खेलकै विकास हुन्छ । विदेशमा रहेर पनि क्षमत बोकेका तर ओझेलमा परेका खेलाडी धेरै छन् ।विभिन्न कारण विदेशमा रहन बाध्य खेलाडीलाई पनि समेट्न सक्नुपर्छ । महासचिव कार्कीले जोड दिनुभयो ।१९८० देखि १९९० को बीचमा नेपाली तेक्वान्दोले विश्व च्याम्पियन सहित ओलम्पिकको प्रदर्शनी खेलमा पदक जितेको थियो । त्यो अबस्थामा अहिले तेक्वान्दोलाई पुराउनका लागि देश र विदेशमा रहेका जतिपनि खेलकर्मी छन l
सबैले व्यक्तिगत स्वार्थ फालेर सामुहिक भावनामा एक ढिक्का हुन पनि उहांले आग्रह गर्नुभयो ।नेपाली तेक्वान्दोले आफ्नो साथै इन्टुले अब देखि नेपाल खुल्ला (ओपन) तेक्वान्दो च्याम्पियनसिपको आयोजना गर्ने पनि निर्णय गरेको छ ।
इन्टरनेशल नेपाल तेक्वान्दो यूनियनका अध्यक्ष लव गोर्खालीकाअनुसार नेपाल खुल्लाको मिति केही समय भित्र तय गरिने छ ।इन्टुले समान उद्देश्यकै लागि स्थापित अर्को संस्था एन्टासंग पनि सहकार्यका लागि पहल गर्ने निर्णय गरेको छ ।इन्टुका अध्यक्ष लव गोर्खालीले दुबै संस्थाको उदेश्य नेपाली तेक्वान्दोको विकास गर्ने भएकाले सहकार्यका लागि कुराकानी भइरहेको बताउनुभयो । एन्टामा नारायण गुरुङ, विधान लामा लगायतका ब्यक्ति रहेका छन् ।
सम्मेलनमा बोल्दै नेपाली तेक्वान्दोका संस्थापक ग्रानमास्टर जेई के सिनले पछिल्ला समयमा नेपाली तेक्वान्दो विभिन्न समूहमा विभाजन भएको भन्दै दुःख व्यक्त गरे ।उनले सन् १९८२ मा जस्तो जोस अहिले नेपाली तेक्वान्दोमा नदेखिएको भन्दै सबै पक्षलाई तेक्वान्दो विकासका लागि हातेमालो गर्नसमेत आग्रह गरे । सम्मेलनमा विभिन्न देशमा रहेर नेपाली तेक्वान्दोको विकासमा सहयोग पुरयाउने १० जनालाई सम्मान गर्नुका साथै नेपाली तेक्वान्दोका संस्थापक जेई कुन सिनलाई फादर अफ नेपाली तेक्वान्दो उपाधिद्वारा सम्मान गरिएको थियो ।तेक्वान्दो खेललाई अझ प्रोत्साहित होस् भन्ने हेतुले नेपालकि महिला खेलाडी मनिका साहीलाई यस कार्यक्रमका खेलकूद निर्देशक दिवाकरदान महर्जन तथा समाजसेवी सचिन थापा द्वारा $ १,५००.०० (पन्ध्र सय डलर) नगद प्रदान गरेका थिए l उक्त खेलमा राष्ट्रिय ओलम्पिक कमिटी नेपालका अधक्ष्य ध्रुवबहादुर प्रधान पनि नेपालबाट पाल्नुभएको थियो | ***