Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024

(व्यंग्य कविता)

मान पाइयो सम्मान पाइयो
घुमेर खाइयो डुलेर खाइयो
चारवर्ष सम्म सभासद भइयो
अहिले आएर न घरको भइयो न घाटको रहियो
रातो पासपोर्ट बोकेर विदेश गइयो
हेर्दाहेर्दै अहिले डुकुलण्ठ भइयो
मागेर खाइयो लुटेर खाइयो
पार्टीको नाममा चन्दा उठाइयो
अब कसरी कमौनी हामीले कसरी टार्ने खर्च
त्यसैले संविधानसभा ब्युँताउनै पर्छ ।

एकचोटि मन्तरी भाकै छैन
दुईचार करोड खाएकै छैन
व्यापार गरौं पैसा छैन
जागिर खाउँ पढाइ छैन
बाध्यता हो यो रहर हैन
अब हामीले के गरी खाने
गाउँगाउँमा हामी के भन्न जाने
हाम्रो जागीर पुनर्बहाली हुनैपर्छ
दुइ चार वर्ष फेरि यत्तिकैमा टर्छ
त्यसैले संविधानसभा ब्युँताउनै पर्छ पर्छ ।

संविधान त हामीलाई चाहिएकै थिएन
रातो पासपोर्ट बेच्न पाइएकै थिएन
हामीले चाहेजस्तो त भाकै थिएन
देश टुक्राउन पाएकै थिएन
मध्यरातको निर्णय गर्नुगर्‍यो
हामीमाथि अहिले वज्रपात नै पर्‍यो
जसरी पनि हामीले फेरि अवसर पाउनैपर्छ
नत्र भने हाम्रो जोश जाँगर मर्छ
त्यसैले संविधानसभा ब्युँझाउनै पर्छ ।

अब त न चुनाव जितिएला भन्नेछ
न समानुपातिकमा परिएला त भन्ने नै छ
जन्ताले गन्न छोडिसके
आफन्तले साइनो तोडिसके
न कसैले गन्छन्
न कसैले सभासदज्यू भन्छन
अब हामी काँ जाने के गरिखाने
काम गरेर खाने बिग्रिसक्यो बानी
हे प्रभु अब हाम्रो घर्र खर्च कसरी र्टछ ?
त्यसैले संविधानसभा ब्युँताउनैपर्छ ।

जाऊँ हजुर जाऊँ बरु कतै टाढै जाऊँ
हेलिकोप्टरमा जाऊँ पिलेन चार्टर गरेर जाऊँ
आकाशबाट गाउँ हेर्दै जाउँ चि’सो ठाउँमा जाऊँ
सहमति खोज्दै जाउँ
जसरी हुन्छ संविधानसभा ब्युँझाऊ ।
***

 

 

तपाईको प्रतिक्रिया