Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – यस पटक चीनका साहित्यकार मो यानले यस वर्षको नोबेल साहित्य पुरस्कार पाएका छन् । चीनले साहित्यमा पाएको यो दोस्रो नोबेल पुरस्कार हो ।

यसअघि २००० मा चीनको गावो जिङज्याङ्गलाई साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । तर गावो जिङज्याङ चीनको बाम राजनीतिका विरोधी भएकोले उनले पाएको नोबेल पुरस्कारलाई चीनले मान्यता दिएन ।
अहिले नोबेल पुरस्कारबाट सम्मानित हुने मो यानलाई लोककथा, इतिहास र वर्तमानलाई मिश्रण गर्दै उत्कृष्ट लेखेको भन्दै स्विडिश एकेडेमीले साहित्यको नोबल पुरस्कार उनलाई दिने घोषणा गरेको हो । यान सन् १९५५ मा चीनको शान्दोङ प्रान्तमा किसानको परिवारमा जन्मिएका थिए । उनका उपन्यास, छोटा कथा र विभिन्न विषयमा निबन्ध प्रकाशित छन् । ५७ वर्षिय यानको वास्तविक नाम गुआन मोय हो । मो यान उनको साहित्यिक उपनाम हो, जसको अर्थ हुन्छ ‘नबोल’ । सन् १९८७ को उपन्यास रेड सोर्घुमका कारण विदेशमा उनलाई धेरैले चिन्छन् । चीनको साँस्कृतिक क्रान्तिताका उनले स्कुल छोडी तेल उत्पादन गर्ने कम्पनीमा काम थालेका थिए । २० वर्षको उमेरमा उनी त्यहाँको जनमुक्ति सेनामा भर्ती भएका थिए र सेनामै रहँदा उनले सन् १९८० देखि लेख्न थालेका थिए । मो यान चिनियाँ सेनाको साँस्कृतिक एकेडेमीको साहित्य विभागमा प्रशिक्षक थिए ।

उनले लाइफ एन्ड डेथ आर वेयरिङ मि आउट शीर्षकको उपन्यास मात्र ४३ दिनमा लेखेका थिए । उनका धेरै उपन्यासहरु अंग्रेजीमा अनुवाद भएका छन् । बिग ब्रेस्टस एन्ड वाइड हिप्स, द रिपब्लिक अफ वाइन, द गार्लिक बालादस ती मध्ये केही हुन् । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया