काठमाडौं– यस वर्षको मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ बजारमा अभाव भएको छ ।
पुरस्कार जित्नेवित्तिकै बजारबाट पाठकले खरिद गरेकाले सकिएको पुस्तकका लेखक अमर न्यौपानेले जानकारी दिए । उनका अनुसार मदन पुरस्कारको लोगोसहित आउने भएकाले केही ढिला भएको हो ।
३५ वर्षीय लेखकको उक्त उपन्यास प्रकाशकले मुल्य बढाएर ल्याउने तयारी गरेका छन् ।