Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025

काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङको कार्यकालमा व्यावसायिक हकहितका काम नभएको भन्दै अन्य व्यवसायीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । अध्यक्षले नैतिकताका आधारमा पद त्याग गर्नुपर्ने बहुमत व्यवसायीको भनाइ छ । संघको चुनाव गत चैत २४ मा भएको थियो । आइतबार वैदेशिक रोजगार व्यवसायमा देखिएका समस्या तथा समसामयिक विषयमा छलफल गर्न आयोजित कार्यक्रममा यही माग गर्दै २ सय ५० जनाको हस्ताक्षर संकलन गरिएको छ । संकलित हस्ताक्षर र अविश्वासको पत्रसहित अध्यक्ष तामाङलाई बुझाइने भएको छ ।

तत्कालिन फरेन इम्प्लोयमेन्ट एसोसिएसनका अध्यक्ष प्रेमबहादुर कटुवालले भने, “हस्ताक्षरसहित सुधार गर्न कार्यसमितिलाई दबाब दिन्छौं तर फेरि पनि व्यवसायीका आवाज सुनुवाइ भएन भने उहाँले पद त्याग गर्नैपर्छ ।”

अहिले संघका व्यावसायिक नेतृत्व गर्ने मानिसको खाँचो रहेको उनले बताए । “यदि उहाँको कार्यकालमा राम्रो काम गर्नुभएको छ भने विधानसम्मत् सम्पूर्ण व्यवसायीलाई बोलाई साधारणसभामार्फत काम देखाउनुस’ – कटुवालले भने, “वैदेशिक रोजगारको मुख्य समस्या वैदेशिक रोजगार ऐन २०६४ भएकाले समयसापेक्ष परिमार्जन गर्नमा अहिलेको कार्यसमितिले जोड दिनै सकेन ।”

कार्यसमितिले व्यावसायिक हितविपरीत काम गरेको भन्दै आफूले राजीनामा दिएको सदस्य कृष्णगोविन्द महर्जनले बताए । “कार्यसमितिले गर्दै आएका क्रियाकलाप मलाई मन परेनन्, त्यसैले सम्पूर्ण व्यवसायीको हितका लागि मैले राजीनामा दिएको हुँ,” उनले भने ।

संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले निर्वाचित भइसकेपछि आकांक्षाअनुरूप काम नभएकाले विरोधमा उत्रिएको बताए । “सम्पूर्ण व्यवसायका समस्या सम्बोधन गर्ने सोचेको थिएँ तर त्यो मेरा लागि केवल दिवास्वप्नमात्र भयो,” उनले भने, “समस्या समाधान गर्ने विषयमा कार्य समितिले घुमाइरह्यो ।”

नेपालीलाई सरल र सहज ढंगले वैदेशिक रोजगारीमा पठाउन ऐन बाधक रहेकाले सम्पूर्ण व्यवसायी मिलेर समयसापक्ष परिमार्जन गर्नुपर्ने उनले बताए । असन्तुष्टहरूले बुँदागत रूपमा सम्पूर्ण समस्या अध्यक्षलाई बुझाउने र समाधान गर्न दबाब दिने बताएका छन् । ***

 

तपाईको प्रतिक्रिया