Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – यसवर्षको उत्कृष्ट कृति पुरस्कार साहित्यकार कोमलप्रसाद पोखरेलद्वारा लिखित ‘मेरो अमेरिका यात्रा’ नामक कृतिलाई प्रदान गरिएको छ ।

यसैगरी जयन्द्र साहित्य सम्मान वरिष्ठ साहित्यकार चुडामणि रेग्मी र धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार रेजिना रोदनलाई प्रदान गरिएको छ ।

जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषद्वारा शनिबार बिर्तामोडमा आयोजित समारोहमा उहाँहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा वरिष्ठ साहित्यकार गणेशबहादुर प्रसाईंले पुरस्कृत कृतिकार पोखरेल र सम्मानित साहित्यकार रेग्मीलाई जनही रु १५ हजार १११ तथा सम्मानपत्रका पत्रकार रोदनलाई रु सात हजार १११ तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रर्साईंको अध्यक्षतामा भएको उक्त समारोहमा कोषका उपाध्यक्ष विष्णुकुमार भट्टर्राई, कोषाध्यक्ष डिल्लीराम प्रसाईं, पूर्वमन्त्री खगेन्द्र प्रसाईं, कृति समीक्षक लक्ष्मण ढकाल, उपप्राध्यापक चुडामणि वशिष्ठ र सञ्चारकर्मी चन्द्र भण्डारीले साहित्यिक गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

यसैबीच, सर्जकमञ्च झापाद्वारा शनिबार नै बिर्तामोडमा बरिष्ठ समालोचक गणेशबहादुर प्रसाईंलाई सम्मानपत्र दिई खादा ओढाएर सम्मान गरियो । कार्यक्रममा नेपाली भाषी भुटानी गायक प्रताप सुब्बाको एकल साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

मञ्चका सचिव सावित्रा ढुङ्गानाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चलचित्र निर्देशक अनिल सङ्ग्रौला, भुटानी नागरिक टिआर राई, साहित्यकारहरु विनोद खनाल, खेम नेपाली, शिवशङ्कर थापा, विवश पोखरेल र विमल वैद्यले साहित्यिक क्षेत्रमा प्रसाइंको समालोचकीय योगदानबारे चर्चा गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया