Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं- नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले ठूला तीन दल र मधेसी मोर्चाको चुनावी निर्णयको सिन्डिकेटले देशलाई दुर्घटनामा धकेल्ने बताउनुभएको छ ।
रूपन्देही/नवलपरासी-काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनतालाई अधिकार सम्पन्न बनाउन नचाहने राजनीतिक दलका कारण संविधानसभा विघटन गरिएको दाबी गर्दै पुनः निर्वाचनका नाममा बनेको सिन्डिकेट देशका लागि घातक हुने बताउनुभयो ।
नेकपा-माओवादी र नेपाली काँग्रेससँग आज बिहान भएको छलफलमा सबै राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्ने सहमति भएको जानकारी दिँदै नेतृ भुसालले सर्वपक्षीय छलफलबाट मात्र निकास निस्कने दाबी गर्नुभयो ।
एकीकृत नेकपा माओवादीले राष्ट्र, जनता र राष्ट्रियतालाई भन्दा आफ़्नो स्वार्थलाई पहिलो मुद्दा बनाएर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैको अधिकार प्रयोग गरेको उहाँको आरोप थियो । ***
तपाईको प्रतिक्रिया