Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त महानिरिक्षक कुबेर सिंह रानाले आफूले आईजीपी बन्न एक पैसा पनि कसैलाई नदिएको दाबी गरेका छन् ।
रानाले बाहिर आए जस्तो आईजीपी नियूक्तीमा पैसाको चलखेल नभएको दाबी गर्दै फेरि पनि नेपाल प्रहरीमा पैसाको चलखेल नहुने प्रतिबद्धता ब्यक्त गरे । उनले शनिबार समुद्रपारिसँग भने– ‘प्रहरीमा पैसाको चलखेल हुँदैन । मेरो कार्यकालमा म हुन पनि दिन्न ।’
नेपाल प्रहरीमा राजनीतिक प्रभाव रहेको स्विकार गर्दै उनले मुलुक सक्रमणकालमा रहेकोले  प्रहरी संगठन पनि त्यसको प्रभावबाट मुक्त नभएको बताए । उनले भने– ‘संक्रमणकालको प्रभाव नेपाल प्रहरीमा छ । त्यसैले प्रहरी संगठनमा राजनीतिक प्रभाव छ ।’
यद्यपि उनले अब आफ्नो कार्यकालमा प्रहरी संगठनमा नियुक्ति, सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप हुन नदिने भन्दै अब क्षमता, योग्यतको आधारमा मात्रै अवसर पाउने स्पष्ट पारे ।
रानाले आफूलाई महानिरीक्षकमा नियुक्त गर्न सबैभन्दा पहिला सिफारिस गर्ने गृहमन्त्री विजयकुमार गच्छदार भएको भन्दै बहिर आए जस्तो गृहमन्त्री र आफ्नो सम्बन्धको विषयमा चलेको चर्चामा कुनै तुक नरहेको दावी गरे ।
उनले भने– ‘मलाई आईजी बनाउन गृहमन्त्री र गृहमन्त्रालयको पहिलो भूमिका छ । त्यसपछि प्रधानमन्त्रीको छ । गृहमन्त्रीले प्रस्ताव नगरेको भए म आईजी हुनै सक्दिन थे । हामीहरुवीच कुनै विवाद छैन ।’
उनले आफ्नो समकक्षीहरुलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता ब्यक्त गर्दै कसैलाई काखा र कसैलाई पाखा नगर्ने स्पष्ट पारे । प्रहरी संगठनभित्र कुनै पनि किसिमको भ्रष्टाचार हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै रानाले नेपाल प्रहरी भित्र भ्रष्टाचारलाई शुन्य सहनशिलतको दृष्टिले अगाडि बढाउने बताए ।
नेपाल प्रहरी कुनै पनि निर्वाचन गराउन सक्षम रहेको उल्लेख गर्दै रानाले सरकारले निर्वाचन घोषणा गरे नेपाल प्रहरी पूर्ण रुपमा तयार रहेको बताए ।
उनले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यारा छिट्टै पक्राउ पर्ने दाबी गर्दै  नेपाल प्रहरीले नेपाली जनतालाई ढुक्क भएर बस्न सक्ने गरी शान्ति सुरक्षको अवस्था निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
तपाईको प्रतिक्रिया