काठमाडौं- सुचना तथा संचारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता राजकिसोर यादवले नेपालको अन्तरिम संविधान २०६३ बमोजिम राष्ट्रपतिलाई सरकार गठन र बिघटनको अधिकार नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘राष्ट्रपतिले आफुसंग नभएको अधिकार प्रयोग गर्न खोजे त्यसबाट उनकै क्षति हुन्छ ।’ राष्ट्रपतिले निर्वाचित सरकार ढाल्ने प्रयास गर्लान जस्तो मलाई लाग्दैन, यदि सरकार विघटन गरेमा प्रतिकारमा जान एमाओबादी र मोर्चा तयार रहने उनले बताए । सरकारले पठाएको अध्यादेश रोक्ने अधिकार राष्ट्रपतिमा नरहेको जिकिर गर्दै मन्त्री यादवले भने ‘राष्ट्रपतिले फिर्ता गरे हामी फेरी पठाउछौं त्यो अध्यादेश फेरी राष्ट्रपतिले फिर्ता पठाउन मिल्दैन स्वत अनुमोदन हुन्छ ।’ सरकारले पठाएको पछिल्लो अध्यादेशका बारेमा राष्ट्रपति अध्यनमा नै रहेकोले छिटै स्विकृत भएर आउने विश्वास समेत उनले व्यक्त गरे ।
मन्त्री यादवले भने, ‘राज्यपुर्नसंरचना आयोगको दश र संविधानसभा राज्यपुर्नसंरचना आयोगको चौध प्रदेस मध्ये एक मात्र मान्य हुन्छ । त्यसभन्दा तलमाथि कुनै सम्hmौता हुंदैन ।’ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको १० वा १४ प्रदेस भन्दा तल माथि नगर्ने निर्णय समेत भईसकेको जानकारी मन्त्री यादवले दिए । उनलेे कांग्रेस एमालेले भने जस्तो एघार प्रदेशमा कुनै सहमति नभएको बताउदै १० बा १४ मा सहमति भयो भने मात्र हामी सरकार छाड्न तयार छौं अन्यथा यहि सरकारले संविधान सभाको निर्वाचन गराउनेछ ।
वर्तमान सरकारको उद्देश्य शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने र संविधान निर्माण नै रहेको उनले बताए । शान्ति प्रक्रिया अन्र्तगत लडाकुको समायोजन अन्तिम चरणमा पुगिसकेको र संविधान निमार्ंणका लागि सहमति जुटाउने कार्यमा वर्तमान सरकार क्रियाशिल रहेको दाबी उनले गरे । उनले भने ‘सहमतिमा नेपाली कांग्रेस र एमाले आएमा मुलुकमा संविधान निर्माण हुन सक्छ । सरकारले संविधान निर्माणका लागि कुनै पनि कदम चाल्न तयार छ ।’ सत्तामा जानका लागि खुट्टा उचाल्नुभन्दा अघि संविधान निर्माणका लागि विश्वसनिय आधार सहित कांग्रेस र एमालेले आफनो खल्तिमा निकास ल्याएमा उनीहरुलाई बाजागाजा सहित फुल माला लगाएर बालुवाटार छिराउने जिम्मेवारी आफैले लिने चूनौति दिए ।
सरकारको आयु कांग्रेस एमालेको निर्णयमा भर पर्ने बताउदै मन्त्री यादबले भने ‘उनीहरुले संविधन निर्माण प्रक्रियामा सहमतिमा आएनन् भने यहि सरकार अर्को बैशाखसम्म जान्छ । त्यसैले विवादीत विषयमा सहमति जनाई संविधान सभा पुर्नस्थापना गरी संविधान जारी गरेर कांग्रेसको नेतृत्वमा सरकार निर्माण गरौं । त्यो भयो भने मात्र राष्ट्रले निकास पाउछ, अन्यथा सरकारको विकल्प छैन ।’ शुसिल कोईराला र झलनाथ खनालले नै यो सरकारको आयु लम्बाईरहेको आरोप लगाउदै उनले भने ‘बाबुराम भटट्राईलाई बालुवाटारबाट चाडै बाहिर पठाउने हो भने संघियतामा चाडै सहमति जनाउनुस ।’
संविधानसभाको चार बर्ष सत्ता फेरवदलमै गएको र अहिले पनि कांग्रेस र एमाले पुरानै खेलमा दौडिरहेको भन्दै मन्त्री यादवले आपत्ति जनाए । ‘पंचायति संस्कार र शैलीमा हुर्कनेहरुले गणतन्त्रको मूल्य र मान्यता समेत सत्तामै देख्नु दुःखद कार्य भएको संचारमन्त्री यादवले बताए ।