Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौँ- यही  भदौ १८ देखि २५ गतेसम्म मलेसियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन-४ मा जित हात पार्दै डिभिजन ३ मा प्रवेश गर्न सफल खेलाडी सम्मानित भएका छन् ।
विजेता खेलाडीलाई आज एनेकपा (माओवादी) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सम्मानपत्र, दोसल्ला, अबिर र माला लगाएर सम्मान गर्नुभएको हो ।
खेलाडीलाई सम्मान गर्दै अध्यक्ष दाहालले खेलाडीको जितले समग्र नेपाली जनताकाको छाती गर्वले चौडा भएको बताउनुभयो । उहाँले खेलकुद राष्ट्र विकासको मापन भएकाले खेलाडीलाई नेपाल सरकारले उचित सम्मान गर्नुपर्ने बताउँदै राज्यले विशेष गरी क्रिकेटमा बढी लगानी गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो- म सरकारलाई पार्टीका तर्फबाट क्रिकेट खेलमा बढी लगानी गर्न सल्लाह दिन्छु ।
दक्षिण एसियाली क्षेत्रमा क्रिकेट खेलको लोकपि्रयता बढ्दै गएको बताउँदै अध्यक्ष दाहालले क्रिकेट खेलको भविष्य उज्ज्वल देखिएको बताउनुभयो । उहाँले नेपालका राजनीतिक दलहरुले पनि खेलकुदमा भएको सामूहिक भावनालाई आत्मसात् गर्नसके वर्तमान राजनीति अन्योल हल हुँदै देश समृद्धिको बाटातर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली क्रिकेटका टिम कप्तान पारस खड्काले सबै क्षेत्रबाट उचित सहयोग पाएको खण्डमा आफूहरुको खेल प्रदर्शन अझ उत्कृष्ट हुने बताउनुभयो । खड्काले जितसँगैका यस्ताखाले सम्मानले आफूहरुलाई विश्व कप खेल्ने सम्भावना र जाँगरमा अझ हौसला मिल्ने छ भन्नुभयो ।
तपाईको प्रतिक्रिया