Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

काठमाडौं – नेपालले आगामी फागुनमा अन्तरराष्ट्रिय आर्थिक सम्मेलन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा रहेको आर्थिक सम्मेलन निर्देशक समितिको मंगलबार अर्थ मन्त्रालयमा बसेको बैठकले आउँदो फागुन ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा अन्तरराष्ट्रिय आर्थिक सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा विश्वका अर्थविद्हरू सहभागी हुने कार्यक्रम रहेको छ ।

समितिको बैठकले सम्मेलनको निर्देशक समितिमा पाँचजना राजनीतिक पार्टीका तर्फबाट अर्थ प्रतिनिधि र तीनजना अर्थ विज्ञलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

अर्थमन्त्री पुनले अन्तरराष्ट्रिय आर्थिक सम्मेलनले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको अर्थ मन्त्रालयका प्रवक्ता राजन खनालले जानकारी दिनुभयो ।

सम्मेलनले विश्वभरका लगानीकर्तामा नेपाल लगानीको गन्तव्य भएको पहिचान दिनुका साथै लगानीमैत्री वातावरण बन्दैछ भन्ने विश्वास दिलाउने बताइएको छ । ***

 

तपाईको प्रतिक्रिया