Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– माओवादीको सशस्त्र युद्वका क्रममा आफन्त हराएका परिवारका पीडालाई सम्बोधन गर्न पत्रकार गणेश पाण्डेले निर्देशन गरेको डकुमेन्ट्री “अन्तिम सन्देश” बुधबार राजधानीमा सार्वजनिक गरिएको छ ।
बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको डकुमेन्ट्रीमा आफन्त बेपत्ता बनाइएपछि परिवारले भोगेको आर्थिक, सामाजिक, मानसिक र कानुनी पीडालाई उजागार गर्दै अबको आवश्यकतालाई जोड दिइएको छ । डकुमेन्ट्रीमा सेनाको हिरासतबाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटीकोइली गाविसकी दीपा ओलीको मुद्दालाई मुख्य कथाको रुपमा चित्रित गरिएको छ । सशस्त्र द्वन्द्वका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको छ, एक हजार भन्दा बढी बेपत्ता छन् । बेपत्ताका परिवारले कि लास कि त सास देऊ भन्दै राज्यसँग संघर्ष गरिरहेका छन् । त्यो संघर्षलाई डकुमेन्ट्रीमा उतार्ने प्रयत्न गरिएको छ ।
एड्भोकेसी फोरमद्वारा निर्मित ४३ मिनेटको डकुमेन्ट्रीमा बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा तत्कालिन राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका चार जना परिवारले भोगेका समस्यालाई प्रतिनिधिमुलक घटनाका रुपमा प्रस्तुत गरिएको निर्देशक पाण्डेले बताए । ‘लामो समयदेखि अलपत्र रहेको सत्यनिरुपण तथा मेलमिलाप आयोग निर्माणमा दबाब दिन र बेपत्ताजस्तो मानवीय संवेदनाको विषयलाई सम्बोधन गरी दिगो शान्ति कायम गर्ने वातावरण सिर्जना गर्न डकुमेन्ट्री बनाइएको हुँ, निर्देशक पाण्डेले भने, देशका विभिन्न ठाउँमा यो डकुमेन्ट्री प्रर्दशन गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया