Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025
अमेरिका- अमेरिकी राष्ट्रपति बाराक ओबामा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदको आगामी कार्यकालका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उमेदवार चयन हुनुभएको समाचार छ ।
डेमोक्र्याटिक पार्टीका प्रतिनिधिहरूको बिहीबार बिहानै अमेरिकाको नर्थ क्यारोलमा सम्पन्न प्रतिनिधि भेला एवम् राष्ट्रिय सम्मेलनले उहाँलाई सो पदका लागि उमेदवार चयन गरेको हो ।
उहाँले सो पदका लागि आफुले प्राप्त गर्नुपर्नेभन्दा पनि बढी मत प्राप्त गर्नुभएको समाचारमा जनाइएको छ । राष्ट्रति ओबामाले सो प्रयोजनका लागि दुई हजार ७७७ मत प्राप्त गर्नुभएको थियो ।
आफ्नो पार्टीले चयन गरेको आˆनो उमेदवारीलाई राष्ट्रपति बाराक ओबामाले आज साँझ स्वीकार गर्नुहुने सञ्चारमाध्यमहरूले आज जनाएका छन् ।
त्यसैगरी सो उमेदवारी स्वीकारेपछि राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपतिको आगामी उमेदवारका रूपमा आˆनो महत्वपूर्ण मन्तव्य पनि दिनुहुने बताइएको छ ।
ओबामाका प्रचारकहरूका अनुसार आज राष्ट्रपति ओबामाले दिनुहुने सो मन्तव्य आगामी अभियान कसरी सञ्चालन गर्ने र उहाँका नीति तथा कार्यक्रम के हुने भन्ने बारेमा केन्दि्रत हुने छ ।
अमेरिकामा आजको खराब मौसमलाई ध्यानमा राखी सो मन्तव्यका लागि यसअघि तय गरिएको स्थान भने परिवर्तन हुने बताइएको छ ।
पार्टीको यो उमेदवारी स्वीकारीसकेपछिको पहिलो सम्बोधन उहाँले बन्द हलभित्र गर्नुहुने छ । सो हलमा करिब २० हजार जना उहाँका समर्थकहरू रहने छन् ।
यसपछि उहाँले भोलि नै अर्को एक खुला सत्रको पनि आयोजना गर्नुहुने छ । उहाँले सो खुला सत्रमा आˆनो पार्टीका कार्यकर्ता एवम् समर्थकहरूगरी करिब ७० हजारलाई सम्बोधन गर्नुहुने बताइएको छ ।
आगामी सो निर्वाचनलाई मध्यनजर राखी डेमोक्र्याटिक पार्टीले पनि आजदेखि तीनदिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
आगामी राष्ट्रपति पदका लागि बाराक ओबामालाई थप हौसला मिलोस् भनेर नै सो पार्टीले उक्त राष्ट्रिय सम्मेलनको आयोजना गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया