Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
सडक अझै अपूर्ण
सोलुखुम्बु– फाप्लु—जन्तरधाप सडकको सिस्नेरीखण्डमा एक सय मिटर ट्र्याक खोल्नका लागि १० करोड रुपैयाँभन्दा बढी खर्च भइसक्दा पनि अझै बाटो सम्पन्न भइसकेको छैन ।
ओखलढुङ्गा र सोलुखुम्बुलाई जोड्ने मुख्य सडकअन्तर्गत पर्ने तिंला गाविसको सिस्नेरी भीरमा रहेको सय मिटर ट्र्याक खोल्न तथा त्यहाँको पहिरो पन्छाउन सरकारले पटकपटक गरी १० करोड रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
सोलुखुम्बुस्थित ड्रिलिप कार्यालयका सबइन्जिनियर वेदराज थापाका अनुसार आर्थिक वर्ष २०६३/०६४ देखि निर्माण सुरु गरिएको यो सडकखण्डमा ०६४/०६५ मा एक करोड, ०६५/०६६ मा डेढ करोड, ०६७/०६८ मा एक करोड र ०६८/६९ मा सात करोड खर्च भइसकेको छ । त्यसबीचमा मर्मतका लागि सानो आकारको बजेटसमेत खर्च भएको भनिए पनि कार्यालयमा त्यसको तथ्याङ्कसमेत भेट्न सकिँदैन ।
यस वर्ष पनि असारको सुरुदेखि नै सो सडकखण्डमा पहिरो गएका कारण मर्मतका लागि एक करोड रुपैयाँभन्दा बढी लाग्ने प्राविधिकको अनुमान छ । यस वर्षदेखि भने फाप्लु–जन्तरधाप सडकमार्ग सडक विभागलाई जिम्मा लगाएका कारण सडक विभागले नै मर्मत सुधार गर्ने जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत तुलराज सुनुवारले बताउनुभयो ।
दसँैताका ठूलो धनराशि खर्च गरेर सडकको मर्मत गरी जसोतसो यातायातका साधन चलाए पनि मनसुन सुरु हुनासाथ पहिरो गइहाल्छ । पाँच वर्षदेखि सिस्नेरी खण्डको सय मिटर सडक यसैगरी चलिरहेको छ ।
स्थानीयवासीले भने सो सय मिटर पहिरो स्थानीय ठेकेदार र राजनीतिक दलका लागि कमाइ गर्ने माध्यम बनिरहेकाले त्यसको विकल्प खोज्न कोही पनि तयार नभएको आरोप लगाएका छन् । वर्षा लाग्नसाथ पहिरो जानथाल्छ र पैदल हिँड्नसमेत मुस्किल पर्छ । यही पहिरोका कारण वर्षा लाग्नसाथ ढुवानीका साधन चल्न छाडेर सदरमुकाममा महँगी ह्वात्तै बढ्ने गरेको छ ।
तपाईको प्रतिक्रिया