Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

काठमाडौं – नेपाल सरकारले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा कृष्णप्रसाद आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले समुद्रपारिलाई बताउनुभयो ।

संस्थान निर्देशन बोर्ड गठन भएपछिको पहिलो कार्यकारी प्रशासकका रूपमा आचार्यको नियुक्ति भएको हो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. सुरेन्द्रकुमार श्रेष्ठलाई सो अस्पतालमा रिक्त रहेको प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्ने गरी पदस्थापन गर्ने निर्णय पनि गरेको छ । यस्तै गरिब घर परिवार पहिचान परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिका २०६९ लाई पनि बैठकले स्वीकृत गरेको छ ।

सो निर्देशिका अन्तर्गत गरिब परिवारको पहिचान गर्ने र परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

बैठकले नेपाल बार एसोसियसनको ३८ औं केन्द्रीय कार्यकारिणी परिषद्को ललितपुरमा सम्पन्न बैठक तथा गोष्ठीका लागि रु पाँच लाख उपलब्ध गराउने निर्ण्र्ााा साथै नेपाली सेनाका प्राविधिक महासेनानी केशवराज पोखरेल तथा सहायक रथी हिमालय थापासमेतको पदावधि थप गरेको छ । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्तिबारे आजको बैठकमा एजेण्डा नरहेको र चर्चा पनि नभएको मन्त्री पुनले बताउनुभयो । ***

 

तपाईको प्रतिक्रिया