Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

रुकुम – सिमानाका दई राष्ट्रबिच साँधसीमाका कारण विवाद हुने गरेको सुन्दै आएको भएपनि दुई जिल्लाका सिमानाका स्थानिय गाबिसबिच बिबाद भएको सुन्नमा आएको पाईदैन । यद्यपि यस्तै बिबाद बागलुङ जिल्लाको निसी र रुकुम जिल्लाको तकसेरा गाविसका बासिन्दाबीच उत्पन्न विवाद थप जटिल बन्दै गएको समाचार छ ।

हाल विवादित क्षेत्रलाई बागलुङ निसीका बासिन्दाले नियन्त्रणमा लिएका छन् । त्यो सँगै रुकुम तकसेराको बस्ती पनि उनीहरूको नियन्त्रणमा रहेको तकसेराका दुर्गा बुढाले जानकारी दिनुभयो ।

विवाद बढ्दै जाँदा बागलुङ निसेलढोरका बासिन्दाले रुकुम सेराका भीमबहादुर सुनार, झवक घर्ती मगर, जगतसिंह बुढामगर, तुले सुनार, कर्णबहादुर घर्ती, भेतमान बुढा, धीरप्रताप घर्ती, भीमबहादुर विक, मनकुमारी विकलगायतका २२ गोठमा गत १३ गते बुधबार आगजनी गरेका थिए ।

दुई गाविसको सिमानामा रहेको चरिचरण क्षेत्रलाई लिएर बागलुङको निसी गाविस-१, २, ३ निसेलढोर र रुकुमको तकसेरा गाविस- ७ सेराका बासिन्दाबीचको विवाद चर्किंदै गएको हो ।

पुर्खादेखि नै विवाद रहँदै आएको अवस्थामा दुवैक्षेत्रका बासिन्दाले आ-आफ्नो भनेर दाबी गर्न नछोडेपछि चर्किंदै गएको विवादले उग्ररूप लिँदा गत १३ गते झडपसमेत भएको थियो ।

झडपका क्रममा दुवैतर्फा केही घाइते भएका थिए भने रुकुम सेराका भेतमान बुढा, कर्णबहादुर घर्ती, धीरप्रताप घर्ती, भीमबहादुर सुनार, मनकुमारी विक गरी पाँच जनालाई बागलुङ निसीबासीले एकदिन नियन्त्रणमा लिएर छाडेका थिए ।

जबर्जस्ती आफ्नो बासस्थानमा आई घरगोठ उथलपुथल पारी आगजनी गरेको भन्दै रुकुम सेराका बासिन्दाले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

उता बागलुङ निसीका बासिन्दाले भने आफ्नो वनक्षेत्रको करिब १० बिघा जग्गामा अतिक्रमण गरी खोरिया फँडानी गरेर अस्थायी बस्ती बसाएकाले मानवीय क्षति नहुनेगरी बस्ती हटाउन आगजनी गरेको दाबी गर्दै आएका छन् ।

साथै उनीहरूले रुकुम सेराका सम्पत्ति बुढामगरको गोठबाट एक थान भरुवा बन्दुक, एक थान घोरलको छाला, एक थान थारको छाला, सिकार खेल्न प्रयोग गरिने पासा बरामद गरी ढोरपाटन सिकार आरक्षको शाखा निसेलढोरमा बुझाएको पनि बताएका छन् ।

घटनाबारे आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय रुकुमको टोली घटनास्थलसम्म नपुगेर सेराका स्थानीयसँग मात्रै सोधपुछ गरेर फर्किएको बताइएको छ । ***

तपाईको प्रतिक्रिया