Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले संविधानका विवादित अन्तर्बस्तुमा सहमति नभएसम्म प्रधानमन्त्रीले पदत्याग नगर्ने स्पष्ट पारेका छन् ।
राजधानीमा सोमबार आयोजित साक्षात्कारमा उनले राजनीतिक निकासको उपाय नपहिल्याई सरकार परिवर्तनको मुद्दालाई प्राथमिकतमा राख्नु नै सहमतिको बाधाक भएको भन्दै संविधानका विवादित विषयमा सहमति जुटे संविधानसभा पुनःस्थापना गर्न सकिने स्पष्ट पारे ।
सहमति विना संविधानसभाको पुनःस्थापना र निर्वाचनले मुलुकमा धु्रविकरण बढाउने भन्दै सापकोटाले  त्यस्तो अवस्थामा मुलुकको लगाम दलहरुको हातबाट खुस्कीने चेतावनी दिए ।
उनले भदौ महिनाभरीमा सहमति ननिकाले मुलुक संकटमा पर्ने तर्फ सचेत गराउँदै पछिल्लो समयमा १० वा १४ प्रदेशमा जाने माओवादी प्रस्तावमा एमाले र काग्रेसको कुनै टिप्पणी नआएको भन्दै त्यसमा सहमति बन्ने विश्वास ब्यक्त गरे ।
तपाईको प्रतिक्रिया