Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
टोकियो– जापानी उद्योगमन्त्री युकियो एदानोले सरकारसँग सम्बन्धित संस्था जापान ब्याङ्क फर इन्टरनेसनल कोअपरेसनले दिल्ली–मुम्बई इन्डस्ट्रियल करिडोर डेभलपमेन्ट कर्पोरेसनको २६ प्रतशित शेयर खरिद गर्ने भएको जानकारी दिनुभएको छ ।
यस भारतीय कम्पनीलाई दिल्लीलाई मुम्बई जोड्ने मार्गमा व्यापक परियोजना निर्माण गर्ने जिम्मेवारी दिइएको छ । यसमा यी दुई नगरलाई जोड्ने रेलमार्ग निर्माण हुनेछ ।
यस रेलमार्गका साथमा औद्योगिक पार्क, ऊर्जा केन्द्र समेत निर्माण हुने अपेक्षा गरिएको छ । डिसेम्बर महिनामा जापानी प्रधानमन्त्री योशिहिको नोदाले भारत सरकारद्वारा लगानी गर्ने यस परियोजनामा ४.५ अर्ब अमेरिकी डलर वित्तीय सहयोग उपलब्ध गराउने वचन दिनुभएको थियो ।
यस परियोजनामा जापानी बैंकले ४७ लाख अमेरिकी डलर बराबर लगानी गर्नुपर्छ र यस कम्पनीको सञ्चालक बोर्डमा जापानको तर्फबाट सदस्य रहनेछन् ।
तपाईको प्रतिक्रिया