Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
 ‘सहमति भए एक मिनेटमै छाड्छु’
काठमाडौं– प्रधानमन्त्री बाबुराम भट्टराईले सहमति भए एक मिनेटमै सत्ता छाड्न तयार रहेको बताएका छन् ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले दलहरुको सहमति कार्यान्वयन गर्ने निकाय सरकार भएकाले सहमति भए राजीनामा दिने बताए ।
प्रधानमन्त्रीले संघीयताविरोधीका कारण संविधानसभा विघटन भए पनि आफ्नो कार्यकालमा शान्ति प्रक्रिया पूरा भएको उल्लेख गरे ।
प्रधानमन्त्रीले सम्बोधनमा शान्ति प्रक्रियामा तत्कालिन माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहको भूमिकाबारे पनि रोष प्रकट गरे । उनले वैद्य समूहलाई ‘संकिर्णतावादी तप्का’को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री भट्टराईले संविधानसभाबाट संविधान लेख्न नदिन पहिल्यैदेखि खेल भइरहेको बताए । तर कस्तो खेल खुलाएनन् । संविधानसभा विघटनमा एमाओवादीले सकेसम्म पहल गरेको बताउँदै उनले तर कसिएका मुठ्ठीसँग हात मिलाउन नसकिएको उल्लेख गरे । ***
तपाईको प्रतिक्रिया